Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तपाईंकाे राशिफल

तपाईंकाे राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७८ शनिवार • ११:१६:०२ बजे
  • 1.7K
    SHARES
  • तपाईंकाे राशिफल

    आजको राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारबाट अर्थलाभ हुने छ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुने छ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुने छ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु बेस हुने छ । आजको यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्दा अघि घरका वृद्ध मानिसका आशीर्वाद लिनु हाेला । 

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुन सक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठुला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले होसियारी अपनाउनुहोला ।   

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंलाई साथ दिनेछन् । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुने छ। कसैसँग विवाद नगर्नुहोला । बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन सोचअनुसार काम गर्दा सफलता हाल लाग्ने छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवैको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुने छ । देवालयको मन्दिर क्षेत्रमा गएर कुनै गरिब व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने छ । साना कुरामा पनि विवाद हुनसक्छ ।  दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुने छ । आजको दिन नयाँ काम सुरु नगर्नुहोला । सहयोगी आफन्त र मित्रबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्ने छ ।  

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुने छ । कन्या राशिका जातकले आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले तपाईंलाई मनमा शान्ति प्राप्त हुनेछ ।  कसैलाई अपमान नगर्नुहोला ।  

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन तपाईंको यात्रा कार्यमूलक हुने छ । कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जाने छ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुने छ ।  

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर र सम्भावना पनि छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुने छ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने सम्भावना रहेको छ । हाेस् पुर्‍याउनुहाेला ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईंले सोचअनुसारको काम हुने छ । परिवार र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुने छ । आफन्त र परिवारजनबाट साथ सहयोग हुने छ । आजको दिन मानसम्मान समेत मिल्ने छ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्ने छ । 

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन देवालय र शिवालयको यात्राले  मनमा प्रसन्नता छाउने छ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुने छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आजको दिन कसैको आशा र भरोसा नराखी आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईंले सामाजिक सेवा गर्दा मानसम्मान मिल्ने छ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा  सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुने छ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुने छ । साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन अध्ययनअध्यापनमा समय बिताउदा मीन राशिका जातका लागि फाइदा हुने छ । तपाईंको स्वास्थ्यमा ख्याल राख्नुहोला । परिवारका सदस्यसँग समय विताउनु होला । घरको काममा ध्यान दिनुभयो भने परिवारमा खुसियाली छाउने छ । आजको दिन शिवालय र देवालयको यात्रा मात्र गर्नु बेस हुने छ । लामो यात्रा गर्दा तपाईंलाई समस्या आउनसक्छ । अध्ययन, चिन्तनमनन समय विताउनुहोला । सामाजिक सेवामा समय खर्च गर्दा बेस हुने छ । 

  • सम्बन्धित विषय:

  • # तपाईंकाे राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology