Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चार्टर्डभन्दा नियमित उडान महँगो भयो : नेकपा प्रवास कमिटी

चार्टर्डभन्दा नियमित उडान महँगो भयो : नेकपा प्रवास कमिटी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • १४:१७:१२ बजे
  • 2.2K
    SHARES
  • चार्टर्डभन्दा नियमित उडान महँगो भयो : नेकपा प्रवास कमिटी
    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवास समन्वय कमिटीले श्रम गन्तव्य मुलुकमा रहेको नेपालीहरुलाई चार्टर्डभन्दा नियमित उडान महँगो परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    कमिटीका अध्यक्ष युवराज चौलागाई र सचिव श्रीप्रसाद साहले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायलाई भेटेर यसबारे चासो व्यक्त गरेका हुन् । चौलागाईंले भने, ‘दुबईबाट नेपाल आउन सामान्य अवस्थामा करिव ३५ हजार पर्थ्यो । चार्टर्ड फ्लाइट हुँदा ४०/४२ हजार पर्‍यो । १६ गतेबाट हुने नियमित उडानमा ८० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ ।’

    जवाफमा पर्यटनमन्त्रीले विदेशी एयरलाइन्स कम्पनीहरुसँग कुरा गर्ने बताएका छन् ।  ‘यसअघि दैनिक २५ सय जनासम्म ल्याउने भनिएको थियो, अहिले ५०० मा झारिएको छ । यो मिलेन भनेका छौं’ चौलागाई‌ंले भने । खाडीका ६ देश र मलेसियाबाट मात्र १ लाख ३६ हजार नेपालीले घर फर्किन आवेदन दिएका थिए ।

    उनीहरुमध्ये करिब ४४ हजार फर्किएका छन् भने ८८ हजार घर फिर्तीको  पर्खाइमा छन् । दशैंतिहार, छठ जस्ता चाडपर्व पनि नजिक आएकाले घर फर्किन चाहनेहरुको संख्या अझ बढ्नसक्ने अनुमान छ । तर दैनिक ५०० मात्र ल्याउँदा उनीहरु आउन लामो समय लाग्नेतर्फ आफूहरुले मन्त्रीहरुको ध्यानाकषर्ण गराएको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

    अनलाइनखबर

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology