Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हुण्डिबाट होइन, रेमिट्यान्स मार्फत पैसा पठाएर अर्थतन्त्रलाई सहयोग गरौं : राजदूत भण्डारी 

हुण्डिबाट होइन, रेमिट्यान्स मार्फत पैसा पठाएर अर्थतन्त्रलाई सहयोग गरौं : राजदूत भण्डारी 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३, २०७९ शनिवार • २०:११:२३ बजे
  • 1.8K
    SHARES
  • हुण्डिबाट होइन, रेमिट्यान्स मार्फत पैसा पठाएर अर्थतन्त्रलाई सहयोग गरौं : राजदूत भण्डारी 

    नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई घरमा पैसा पठाउदा रेमिट्यान्सको प्रयोग गरी नेपालको अर्थतन्त्रलाई सहयोग गर्न आग्रह गरेका छन ।

    images

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा पत्रकारिता तालिमको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै राजदूत भण्डारीले भने 'अनौपचारिक माध्यम अर्थात हुण्डि मार्फत केही रकम बढी पाउने लोभले हुण्डि मार्फत पैसा पठाउदा अहिले नेपालको रेमिट्यान्स घटेको छ । हुण्डिबाट भित्रिएको रकम तथ्यांकमा देखिदैन र त्यसवापत राज्यले राजश्व पनि पाउदैन। हुण्डि कारोबार गर्नेलाई जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ । त्यसैले हुण्डि मार्फत नभई रेमिट्यान्स मार्फत कारोबार गरी नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्नु पर्दछ।

    प्रवासमा रहेर पनि कार्यब्यस्तताको बाबजुद पनि पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरी पत्रकारितामा क्षमता अभिवृद्धि गर्ने र आम जनसमुदायलाई कलमको माध्यमबाट सूसुचित गरेको कार्य प्रति खुलेर प्रशंसा गर्दछु । नेपाली दूतावासले नेपाली श्रमिकको हक हितको लागि एक कदम पनि पछि नहटेर काम गरेको छ ।

    k1.jpg

    नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औं वार्षिकोत्सवको सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गरी कुवेत सरकारको माथिल्लो तहसम्म नेपाललाई चिनाउन सफल भएको छ ।

    त्यसैगरी सिटी ग्रुप कंपनीको (City Group Co.) सहयोगमा कंपनीका केही बसहरू मार्फत दुई मुलुक बीच रहीआएको मैत्रीपूर्ण एवं सुमधुर सम्बन्धलाई जनस्तरमा समेत प्रतिविम्बित गराउने उद्देश्यले दुवै देशका केही महत्वपूर्ण सम्पदाहरू समेत समेटी तयार गरिएको एक सन्देशमुलक सामग्री कंपनीका बसहरूका पृष्ठ भागमा अंकित छ '।

    कुवेतको फर्वानिया स्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा  १५ अप्रीलका दिन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीको सभापतित्व तथा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान र महासंघले आयोजना गरेको पत्रकारिता तालिममा सहभागी भई तालिम लिएका पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

    k3.jpg

    कार्यक्रममा उपाध्यक्ष राज मल्लले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सचिब चन्द्र बिस्वकर्मा गोतामेले गरेका थिए । सल्लाहकार आनन्द आचार्य र लोमश बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए । पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो । 

    अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष नबराज पन्थीले भने 'पत्रकार महासंघ वैदेशिक शाखा कुवेत पनि नेपाल पत्रकार महासंघबाट मध्यपूर्वमा तेश्रो नम्बरमा मान्यता प्राप्त शाखा हो ।नेपाल पत्रकार महासंघको वैदेशिक शाखा मध्य सकृयतामा अग्र पंक्तिमा छ । पत्रकारितामा हाम्रो सक्रियता अझै बढ्ने छ ।त्यसैले दूतावासले हामीलाई उपेक्षा गर्न मिल्दैन। हामीले मागेका सूचनाहरु दूतावासले सहज रुपमा उपलब्ध गराउन पर्दछ ' ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology