Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आज तपाईंको राशिफल

आज तपाईंको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०७९ आइतवार • १०:०१:५१ बजे
  • 2.3K
    SHARES
  • आज तपाईंको राशिफल

    आजको राशिफल:

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    व्यापार व्यवसायबाट लाभ हुने छ । परिवार र सन्तानबाट साथ सहयोग  पाउन सकिन्छ । तपाईको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । आजको यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    वृष राशिका जातकका लागि आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुनसक्छ । व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्ने छ । तपाईको सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठुला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आशीर्वादका लागि सम्मानित व्यक्तित्वसँग भेटवार्ता गर्नसक्नु हुने छ ।   

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    आजको दिन तपाईको मनमा अनेक कुरा खेल्ने छ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुने छ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा घर बाहिर नजानु होला ।    

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउन सक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुने छ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुने छ । 

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुने छ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले तपाईको मनमा प्रशसन्नता छाउने छ । कुनै नयाँ कामको शुरुवात पनि गर्न सक्नु हुने छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    आजदेखि तपाईको मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने छ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवीको मन्दिरको यात्राले तपाईलाई मनमा शान्ति प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।   

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    आजको दिन तपाईको यात्रा कार्यमूलक हुने छ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जाने छ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । महिलासँग विवाद हुने कार्य भरसक नगर्नुहोला ।   

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    यात्राको अवसर र सम्भावना पनि छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुने छ । आर्थिक हानी हुने सम्भावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला ।  

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    आजको दिन आकस्मिक धनलाभ हुने छ । आजको दिन तपाईले सोचअनुसारको काम हुने छ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुने छ । आफन्त र परिवारजनबाट साथ सहयोग हुने छ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्ने छ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    आजको दिन सरस्वतीको आरधनाले  तपाईलाई मनमा प्रसन्नता छाउने छ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुने छ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु बेश हुने छ ।      

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    सामाजिक सेवा गर्दा मानसम्मान मिल्ने छ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुने छ। सामाजिक सेवाका काम गर्नु उत्तम हुने छ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुने छ । बालकन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्ने छ ।   

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    आजको दिन गृहस्थ जीवनको कार्यमा समय खर्च गरेर बस्नु भएकामा तपाईको हित हुने छ । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुने छ । तपाईको लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको यात्रा र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुने छ ।

  • सम्बन्धित विषय:

  • # आज तपाईंको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology