Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जरिवाना तिर्न नसक्दा नेपाल फर्कन टिकट काटेका १७ नेपाली नागरीक दुबई एयरपोर्टमै अड्किए

जरिवाना तिर्न नसक्दा नेपाल फर्कन टिकट काटेका १७ नेपाली नागरीक दुबई एयरपोर्टमै अड्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • १५:३८:२६ बजे
  • 2.2K
    SHARES
  • जरिवाना तिर्न नसक्दा नेपाल फर्कन टिकट काटेका १७ नेपाली नागरीक दुबई एयरपोर्टमै अड्किए

    भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा समय सकिएबापतको जरिवाना शुल्क तिर्न नसक्दा १७ जना नेपाली दुबई एयरपोर्टमै अड्किएका छन् ।

    सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन नपाएका हुन् ।


    नेपाल फर्कने अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको थियो।

    images

    आज नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कने अधिकांश नेपाली यात्रुहरुले जरिवाना तिरेका छन् । नेपाल एयरलाइन्स युएईस्थित कन्ट्री म्यानेजर टिकाराम पंगेनीले जरिवाना बापतको रकम धेरै भएकोले १७ जनालाई भने पठाउन नसकिएको बताए।


    ‘नेपाली यात्रुलाई सकेसम्म लैजाउँ भनेर पार्किङ शुल्क तिरेर, जहाज राख्ने अनुमति मागेर पनि कुर्‍यौं तर १७ जनालाई केही गरी पनि पठाउन सकिएन ।’ उनले भने ।

    उनले जहाजमा २ सय ५८ जना नेपाली यात्रु फर्किएको बताए। युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपनि मार्चपछि भिसाको अवधि सकिएको हकमा जरिवाना लिएको छ।                                                 

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology