कुवेत, वैदेशिक रोजगारको सिलसिलामा कुवेत आएकी एक नेपाली महिलाको उपचारको क्रममा निधन भएको छ ।
झापा बिर्तामोड नगरपालिका वार्ड न.१० कि ४४ वर्षिय यदु गुरुङ कलेजो क्यान्सर( liver cancer )को उपचारको क्रममा २६ अप्रीलको दिन कुवेत स्थित अमिरी अस्पतालमा मृत्यु भएको हो ।
मृतक घरेलु कामदारको रुपमा कुवेत भित्रीएकी थिइन । उनले केही वर्ष पहिला नै कुवेती स्पोन्सरबाट रिजिल लिएर पार्लरमा काम गर्दै आएकी थिइन । उनको एक्कासी पेट दुखेर जहरा अस्पतालमा चेकजाँच गराउदा कलेजोमा क्यान्सर ( liver cancer) भएको पुष्टि गर्दै अमिरी अस्पतालमा रिफरगरेको एनआरएनए कुवेतका उपाध्यक्ष नवराज पराजुलीले बताएका छन ।
मृतकको शव पठाउनको लागि नेपालबाट श्रम स्वीकृत लिएको छ वा छैन भन्ने पुष्टि भइसकेपछि दूतावासले कानुनी प्रकृयाको लागि कुवेतको स्थानिय कानुन र नेपालमा अवस्थित वैदेशिक रोजगारतथा प्रवर्द्धन बिभागमा समन्वय गरि अगाडी बढाउने बताएको छ ।