Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली जनप्रगतिशील मञ्च ओमानले १३३औ मजदुर दिवस मनाउदै मजदुरहरुलाई गर्यो सम्मान

नेपाली जनप्रगतिशील मञ्च ओमानले १३३औ मजदुर दिवस मनाउदै मजदुरहरुलाई गर्यो सम्मान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १९:१२:१७ बजे
  • 1.3K
    SHARES
  • नेपाली जनप्रगतिशील मञ्च ओमानले १३३औ मजदुर दिवस मनाउदै मजदुरहरुलाई गर्यो सम्मान

    नेपाली जनप्रगतिशिल मञ्च ओमानले १३३ औ मजदुर दिवसको अवसर पारेर बनभोज तथा लामो समय देखि ओमानमा मजदुरि गर्दै आएका अग्रजहरुलाई एक कार्यक्रम आयोजन गरि सम्मान गरेको छ । 

    images

    ओमानको मस्कट स्थित सिबफाम हाउसमा भएको उक्त कार्यक्रमा प्रमुख अतिथि प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष लिलानाथ कोइराला र  मञ्चका अनुशासन बिभागका प्रमुख तोलाकान्ता भट्टराई रहेका थिए ।

    J4.jpg
    कार्यक्रममा अतिथिहरु महिला समुहकी अध्यक्ष मादी गुरुङ्ग दलित एकता संजालका अध्यक्ष सुरेश बराली, पुराना समाज सेवि गोबिन्द गुरुङ्ग लगायत ओमानमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उपस्तिथि रहेको थियो । 

    प्रमुख अतिथी लिलानाथ कोइरालाले  प्रवासमा भए पनि मजदुरहरुलाई सबै श्रमजिबिहरुलाई संगठित हुन आग्रह गरे । मजदुर दिवस र  बनभोज कार्यक्रमका अध्यक्ष तथा मञ्चका अध्यक्ष उमेश विश्वकर्माले कार्यक्रमको औचित्य बारे जानकारी गराएका थिए भने अतिथीहरु मादी गुरुङ्ग, गोबिन्द गुरुङ्ग, मञ्च उपाध्यक्षहरु चक्र तामाङ्ग , रिनामायाँ तामाङ्ग, मुन्ना बाबू परियार लगायतले १३३औ अन्तराष्ट्रिय मजदुर दिवसको शुभकामना दिएका थिए । मञ्चका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा सम्पुर्ण कार्य समितिका सदस्य तथा सल्लाहकार लगायत ओमानमा कार्यरत अन्य मजदुरको समेत बाक्लो उपस्थिति रहेको थियो । 

    J5.jpg

    मञ्चका अध्यक्ष विश्वकर्माका अनुसार यो दिवस मे को १ तारिक भए पनि ईस्लामिक धर्मावलम्बीको महान पर्व इद परेका कारण मे ६ मा सबै को छुट्टी भएका कारण पनि  (मे ६) दिन यो दिवस मनाईएको हो । कार्यक्रममा बोल्दै विश्वकर्माले भने चेन अफ कमान्डको निर्देशनलाई पालना गर्दै आसन्न बैशाख ३० गतेको हुन गहिरहेको स्थानिय चुनावमा सबैजनाले पार्टीलाई सघाउन अनुरोध गरेका थिए ।

    JANA3.jpg

    कार्यक्रममा लामो समय देखि ओमानमा कार्यरत अग्रजहरु तोलाकान्ता भट्टराई, मादी गुरुङ्ग, गोबिन्द गुरुङलाई मञ्चले सम्मान पत्र र खादा लागाएर सम्मान गर्दै,अध्यक्ष विश्वकर्माले कार्यक्रमको समापन गरेका थिए । उक्त कार्यक्रमको संचालन मञ्चका महासचिव पुर्ण विश्वकर्मा पहाडीले संचालन गरेका थिए भने कार्यक्रम समापन पछि उपस्थिति ५० भन्दा बढी नेपाली दाजु भाई दिदिबहिनीहरुले बनभोज खाएर मनोरञ्जन गरेका थिए ।

    J6.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology