Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

करेन्ट

करेन्ट लागेर काउलेगौडामा एक जना महिलाको मृत्यु

करेन्ट लागेर काउलेगौडामा एक जना महिलाको मृत्यु

बादल शाही

बादल शाही

भाद्र १७, २०७७ बुधवार • १२:१७:२६ बजे
  • 5.9K
    SHARES
  • करेन्ट लागेर काउलेगौडामा  एक जना महिलाको मृत्यु
    मयूरपाटी डिजिटल पत्रिका /बादल शाही

    घरमा फुल टिप्न खोज्दा करेन्ट लागेर म्याग्दीमा एक महिलाको मृत्यु भएको छ । बेनपा ९ काउलेगौंडाकी २६ वर्षीय शिव चोखालकोआफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो । बिहानपख घरकै आडमा रहेको फुलको बोटको फुल टिप्न खोज्दा उनलाई करेन्ट लागेकोथियो ।

    images

    बिजुलीको खम्बाबाट लिएको डाइरेक्ट लाइनको तार खुइलिएर जस्तामा कनेक्सन हुन पुगेको र जस्तालाई ग्याबिनको तारले टच गरेकोथियो । उक्त तारलाई हातले समातेर फुल टिप्न खोज्दा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेको केही बेरमै उनको छिमेकी मदन लेथाहा पाएर छुटाउन खोज्दा उनलाई पनि करेन्ट लागेर हात थर्थराए पछि हजुरबुबालाई तारमा हान्नु भनेपछी हजुरबुबाले तारमा दाउराले ५चोटि हानेपछी बल्ल तल्ल करेन्टले दुवै जनालाई छोडेको थियो ।

    हारगुहार गरेर वरिपरिका छिमेकीहरुले शिव चोखाललाई पालैपालो बोकेर गलेस्वर सम्म ल्याएका थिए । गलेस्वरबाट ट्याक्सीमा राखेरजिल्ला  अस्पताल बेनीमा ल्याएपछी डाक्टरले उनको मृत्यु भैसकेको  उनको सवको पोस्टमार्टम गरिने  प्रहरी जवान राजिव गलामे मगरलेजानकारी दिए ।  मृतक चोखालको एक छोरा र एक छोरी रहेको र उनको श्रीमान काम बिशेषले गाउँमा गएको बेला यस्तो घटना घटेको हो।

  • सम्बन्धित विषय:

  • # करेन्ट
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology