Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाग्यमा छ भने प्रेम आफैँ हुन्छ:चर्चित मोडल अञ्जली अधिकारी

भाग्यमा छ भने प्रेम आफैँ हुन्छ:चर्चित मोडल अञ्जली अधिकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • १२:३७:४२ बजे
  • 1.9K
    SHARES
  • भाग्यमा छ भने प्रेम आफैँ हुन्छ:चर्चित मोडल अञ्जली अधिकारी

    लोकदोहोरी क्षेत्रकी चर्चित मोडलअञ्जली अधिकारी : उनी अभिनीत भिडियोहरू प्रत्येक दिन सार्वजनिक आइरहेको हुन्छ । आफ्नो नयाँ भिडियो आएको समेत उनलाई पत्तो हुँदैन । कोभिड महामारी अघिसम्म अञ्जली महिनामा कम्तिमा पनि २५ दिन सुटिङमै व्यस्त हुन्थिन् ।

    images

    अञ्जली भन्छिन्- ‘कोभिडपछि पुनः कामको रफ्तार बढ्दैछ । तिजको सिजन पनि सुरु भएकाले फेरि व्यस्त हुनेछु ।’ करिब ८ वर्षे मोडलिङ करिअरमा पाँच सयभन्दा बढी भिडियोमा मोडलिङ गरिसकेकी पोखराकी अञ्जली टिपिकल फिल्ममा अभिनय गर्न रुचाउँछिन् ।

    ‘लोकदोहोरीमार्फत दर्शकमाझ क्लिक भएकी हुँ । दर्शकले मलाई टिपिकलमै रुचाउँछन् । मेरो रुची र इच्छा पनि टिपिकल फिल्ममा काम गर्ने हो ।

    हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?


    अहिले त चुनावले गर्दा काम अलि कम छ । त्यसैले खासै व्यस्तता छैन । अब तिजको सिजन सुरु भएपछि व्यस्त हुनेछु ।

    लोकदोहोरी भिडियोमा तपाइँको एकछत्र राज देखिन्छ । यो क्षेत्रमा लाग्नुभएको कति भयो ?


    औपचारिक रुपमा लागेको २०७१ सालतिर हो । यो हिसावले ७÷८ वर्ष भयो । इच्छा र रुचीचाहिँ सानैदेखि थियो ।

     

    छोटो समयमै मोडलिङमा स्थापित गर्नुभयो । संघर्ष पनि खासै गर्नु परेन होला ?


    संघर्ष हरेक क्षेत्रमा गर्नुपर्छ । त्यो आफ्नो ठाउँमा छ । मैले पनि आफ्नो ठाउँमा संघर्ष र मिहिनेत गरेकी छु । तर, सोचेजति चाहिँ संघर्ष गर्नु परेन ।

    अहिलेसम्म कति भिडियो गर्नुभयो ?


    पाँच सयभन्दा बढी भयो । अहिले पनि हरेक दिन मेरो नयाँ भिडियो सार्वजनिक भइरहेको हुन्छ ।

    सात वर्षे मोडलिङ करिअरमै पाँच सय बढी भिडियो ?


    हो, कुनै समय हरेक दिन एउटा भिडियो गर्थे । कोभिड महामारी अघिसम्म पनि महिनामा कम्तिमा २५ दिन व्यस्त हुन्थेँ । कोभिडपछि व्यस्तता कम भएको छ । अब फेरि व्यस्तताका दिनहरू सुरु हुँदैछ ।

    किन लोकगीतको भिडियोमा मात्र बढी देखिनुहुन्छ ?


    आधुनिक गीतको भिडियोमा काम नगरेको होइन, फिल्मको आइटम गीतसमेत गरेकी छु । तर, लोकदोहोरी गीतबाट ‘अञ्जली अधिकारी पनि छिन् है’ भनेर क्लिक भएकी हुँ । त्यसैले मलाई लोकदोहोरी गीतको भिडियोमै खोज्छन् ।

    आफूले रोजेको पेसाबाट खुसी हुनुहुन्छ ?


    खुसी नै छु । मेरो सानैदेखि मोडल वा अभिनेत्री बन्ने इच्छा थियो । त्यो इच्छा पूरा गर्न पाउँदा खुसी छु ।

    इच्छा पूरा गर्ने अवसर कसरी मिल्यो ?


    सानैदेखि मोडलिङ र फिल्ममा रुची भएकाले मेला बजारहरूमा नाच्थेँ । डान्स कम्पिटिसनहरूमा भाग लिन्थे । त्यही क्रममा गायक बद्री पंगेनी दाईसँग भेट भयो । उहाँमार्फत मोडलिङ क्षेत्रमा आएकी हुँ । त्यसपछि इच्छा र सपना पूरा गर्न पाएकी छु ।

    भनेपछि आफ्नो सफलतामा दंग हुनुहुन्छ ?


    खुसी हुनु परिगोनि । आफू कहाँसम्म पुग्ने, के गर्ने भन्ने आफ्नै हातमा छ । म नाट्यश्वरीलाई पुज्छु । नाट्यश्वरीलाई मान्ने यो क्षेत्रमा जो–कोही पनि सफल हुन्छन् । हुन त हरेक क्षेत्रमा सफलता पाउन मिहिनेत गर्नुपर्छ ।

    फिल्मतिर जाने सोच छैन ?


    मेरो इच्छा मोडलिङ र अभिनय हो । फिल्मका लागि कुरा नभएको पनि होइन । तर, चाहेजस्तो कथावस्तु नपाएर हो ।

    तपाइँले चाहेको कस्तो फिल्म हो ?


    लोकदोहोरी भिडियोमार्फत यो क्षेत्रमा चिनिएकी हुँ । त्यसैले मलाई टिपिकल गाउँले रोल सुहाउँछ । दर्शकले पनि मलाई टिपिकल रोलमै खोज्छन् । मलाई सुहाउँने भूमिका पाएँ भने फिल्ममा काम गर्न रेडी छु ।

    लोकदोहोरी क्षेत्रमा डिमाण्डेड मोडल हुनुहुन्छ । एउटा भिडियोमा कति लिनुहुन्छ ?


    सबै काम पैसाका लागि मात्र हुँदैन र गरिँदैन । काम भनेको सम्बन्धका हिसाबले पनि गरिन्छ । कामअनुसार पारिश्रमिक लिने गरेकी छु ।

    नामअनुसार दाम पनि कमाउनुभएको होला नि ?


    नाम कमाएपछि दाम आफैँ आउँछ । आफू पैसाको पछि नभएर पैसा पछि लाग्नुप¥यो । पैसा आवश्यक छ भनेर पैसाको पछि लाग्नु हुँदैन । यही क्षेत्रमा कमाएर आफूलाई पु¥याएकी छु ।

    कलाकार नभएको भए के बन्नुहुन्थ्यो ?


    सुरुमा कलाकार नै बन्थेँ । घरमा चाहिँ म स्टाफ नर्स भएको देख्न चाहनुहुन्थ्यो । तर, यदि कलाकार नभएको भए एयर होस्टेज बन्थेँ होला ।

    अफ विट प्रश्न- सिंगल हुनुहुन्छ, प्रेम प्रस्तावको सामना कति गर्नु परेको छ ?

    माया प्रेम भनेको भगवानको पालादेखि नै हुँदै आएको हो । र, प्रेम भनेको आफैँ हुने कुरा हो । गर्छु र गर्दिन भनेर हुँदैन । अहिले मैले करिअरलाई मात्र ध्यान दिएकी छु । भाग्यमा छ भने प्रेम आफैँ हुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology