रातभर आएको वर्षा संगै राति ११.३० बजेको समयमा बागलुङको भुजीखोलामा आएको बाढी आएको हो । बाढीले खोला किनारमा रहेका बस्तीहरु बगाएको छ । ढोर देउरालीबाट झरेको बाढी पहिरोले अकल्पनीय क्षति भएको स्थानीयको बताएका छन् ।
ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले दिएको जानकारी अनुसार साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोत, दोगाडी लगाएतका गाउँहरुमा भुजी खोला किनारमा रहेको बस्ती बाढीले बगाएर जनधनको ठुलो क्षेति भएको छ । आफन्तहरुका अनुसार ११ जना सम्पर्क विहीन भएका छन भने एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस मा भेटिएको उपप्रमुख पुनले बताउनु भयाे ।
ढोरपाटन घुम्न गएका गल्कोटका एक व्यक्ति समेत बेपत्ता भएको बताईएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली उद्दारका लागी घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ । थप विवरण अाउन बाकि छ ।