Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा किरात समुदायले सामुहिक रुपमा ५०८२ औं साकेला चाड मनाए

कुवेतमा किरात समुदायले सामुहिक रुपमा ५०८२ औं साकेला चाड मनाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०७९ शनिवार • १७:५२:४७ बजे
  • 898
    SHARES
  • कुवेतमा किरात समुदायले सामुहिक रुपमा ५०८२ औं साकेला चाड मनाए

    किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ औं चाड कुवेतमा भव्य रूपमा मनाएका छन्।

    images

    कुवेतमा कृयाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले फाहाहिल कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा २७ मे २०२२ शुक्रवारको दिन आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम र साकेला उभौली-५०८२ मनाएको हो ।

    कार्यक्रमलाई किरात राई यायोक्खा कुवेतका सचिब रोशन राईले सञ्चालन गरेका थिए भने कार्यक्रममा किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्व तथा नेपाली दूतावास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।त्यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वोज लामाको बिशेष आतिथ्यता रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य माया चाम्लिङ राईद्वारा उपस्थिति सम्पूर्णलाई स्वागत मन्तब्य द्वारा स्वागत गरेकी थिईन्। कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशिष्ट अतिथिले सामुहिक रुपमा दिप प्रज्वलन गरी समुद्घान गरिएको थियो ।

    नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो। कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिले कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई मनोरन्जन दिएको थियो।  

    कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारन घलन, सुनुवार सेवा समाज शाखा कुवेतका अध्यक्ष लाल बादुर सुनुवार, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बु,आदिवासी जनाजाती महासघ कुवेतको उपाध्यक्ष बल बहादुर काम्बाङ, नेपाली जन–सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही, विश्व नेपाली साहित्य समाज कुबेतका अध्यक्ष प्रेम कटुवाल, तमु समाज कुबेतका महासचिव सुरेश गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति मन्जित चाम्लिङ राईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # कुवेतमा किरात समुदाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology