Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक नायिकाको गोप्य भिडियो बाहिरिएपछि…

एक नायिकाको गोप्य भिडियो बाहिरिएपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७९ मंगलवार • १४:२७:३२ बजे
  • 1.4K
    SHARES
  • एक नायिकाको गोप्य भिडियो बाहिरिएपछि…

    एक नायिकासँग सात करोड रुपैयाँ असुल्ने र १–१ करोड बाँडेर लिने योजनामा रहेका सात जना गत साता पक्राउ परे ।

    images

    पत्रकारदेखि विप्लव समूहका कार्यकर्तासम्म समाबेश भएको यो समूहले सेक्स भिडियोका आधारमा ‘ब्लाकमेलिङ’ गरेको थियो । एक नायिकको गोप्य भिडियो फेला पारेपछि उनीसँग सात करोड माग्दै उनीहरूले नत्र सार्वजनिक गरिदिने धम्की दिएका थिए ।

    स्रोतका अनुसार घटना आठ वर्षअघिको हो । त्यतिबेला ती नायिका सामान्य मोडल मात्र थिइन् । उनले आफ्नो ‘ल्यापटप’ बनाउन एक पसलमा दिएकी थिइन् । त्यही पसलका कामदारले ल्यापटप मात्र बनाइदिएनन् उनको गोप्य भिडियो पनि हात पारे ।

    सोही भिडियो आफुलाई पत्रकार भनेर चिनाउने सुरज आचार्यसम्म पुग्यो । आचार्यले टिम नै बनाएर त्यसरी बार्गेनिङ गरेका हुन् । पक्राउ पर्नेमा आचार्यसहित टेक विक, धर्मराज थापा, उमेश भण्डारी, वसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन् ।

    धर्मराज पूर्व एसएसपी बिक्रमसिंह थापाको नेपाल तारा नामक अनलाइनमा तथा बसन्ता खनाल ग्लोबल टिभीका कर्मचारी हुन् । स्रोतका अनुसार सुरुमा सो भिडियो सुरज र श्रवण कार्कीले ल्यापटप बनाउने क्रममा पाएका थिए । त्यही भिडियोलाई पैसा कमाउने आधार बनाएपछि उनीहरू समेत यतिबेला प्रहरी हिरासतमा पुगेका छन् ।

    गिरोहका नाइके रहेका आचार्य यसअघि हिरा लुटपाट घटनामा जेल बसेर छुटेका हुन् । त्यतिबेला उनी आफुमात्र पक्राउ परेनन्, दुई प्रहरीलाई समेत पक्राउ गराए ।

    यसपटक पनि उनले आफ्नो योजनामा केही प्रहरीलाई समेत समाबेश गर्ने प्रयास गरेका थिए । नायिका र आचार्यबीच पटक पटक भेटेर डिल समेत भएको थियो ।

    नायिकाले केही लाख रुपैयाँ दिन तयार पनि भएकी थिइन् । तर, उनीहरूले सात करोड नै चाहिने बताएपछि उनी प्रहरीमा जान बाध्य भएकी हुन् । प्रहरीले भने पीडित व्यक्ति नायिका भएको विषयलाई गोप्य राखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology