Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नुवाकोट धादिङ रसुवा समाज कुवेतले आगामी २२ जुलाईमा अधिवेशन गर्दै 

नुवाकोट धादिङ रसुवा समाज कुवेतले आगामी २२ जुलाईमा अधिवेशन गर्दै 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • ११:४०:१३ बजे
  • 1.5K
    SHARES
  • नुवाकोट धादिङ रसुवा समाज कुवेतले आगामी २२ जुलाईमा अधिवेशन गर्दै 

    कुवेत - नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो वार्षिकोत्सव आगामी २२ जुलाईमा गर्ने भएको छ ।

    images

    कुवेत स्थित खैतानको राजधानी होटलमा आगामी २२ जुलाई २०२२ शुक्रवारका दिन दोस्रो अधिवेशन तथा चौथो वार्षिकोत्सव साथमा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष राकेश मनाङ्थेनले जानकारी दिएका छन ।

    रोजगारीको शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दाजुभाई तथा दिदी बहिनीहरुलाई एकीकृत गर्दै समाजले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरु गर्दै सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्थाले कुवेतमा रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरूमा अग्रसर रहदै आएको अध्यक्षले बताएका छन ।

    सस्थाले विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ। दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कार्यक्रमा नुवाकोट धादिङ रसुवाबाट रोजगारीको सिलसिलामा कुवेतमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई कार्यक्रमा सहभागिता को लागि समाजका अध्यक्ष राकेश मनाङथेनले आग्रह गरेका छन्। साथै उक्त दिन कुवेतका क्रियाशील संघ-संस्थाहरुले अन्य कार्यक्रम नगरिदिन समेत कार्यक्रमका संयोजक धर्म तामाङले आग्रह गरेका छन ।

    कार्यक्रमको विवरण
मितिः जुलाई २२ तारिक २०२२
समयः बिहान ११ बजे 
स्थान : राजधानी होटल, खैतान
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology