Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सानोजातको मानिसलाई विभेद गर्न पाउनु पर्छ : एमालेबाट निर्वाचित वडा अध्यक्ष आले

सानोजातको मानिसलाई विभेद गर्न पाउनु पर्छ : एमालेबाट निर्वाचित वडा अध्यक्ष आले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७९ सोमवार • १८:५६:२३ बजे
  • 1.9K
    SHARES
  • सानोजातको मानिसलाई विभेद गर्न पाउनु पर्छ :  एमालेबाट निर्वाचित वडा अध्यक्ष आले

    जिल्ला , नवलपरासी बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँ पालिका वडा न २ कि दिलमाया विश्वकर्मा आमा समूहको सचिव पनि हुन । आमा समूहले बिहे भोज , मर्दा पर्दा सहयोग , भाडा बर्तन समेत नि सुल्क सहयोग गर्छन् ।

    images

    कसैको घरमा बिहे र कसैको घरमा मृत्यु परेमा दुना , टपरी , दाउरा सहयोग गर्न आमा समूह जान्छन् । घटना यही ज्येष्ठ १३ गते दिलमाया बिक आफ्नो घरबाट ३ घर मात्र पर छिमेकी पार्वती चापागाईँको घरमा छोराको मृत्युको १३ औँ कामको लागि सहयोग गर्न घरको आगमनमा टेन्ट लगाएर छिमेकी सबैले दुना टपरी गाँस्दै गरेको ठाउँ आफू पनि छिमेकीलाई सहयोग गर्न टपरी लगाउन पुग्छिन् ।

    आफू जाँदा छिमेकी २,३ जना दिदि बहिनीहरु टपरी गाँसिरहेका थिए र आफू पनि गएर टपरी गाँस्न थालिन तर सोही घरकी चापागाईँले दलितले टपरी छुन नहुने अपवित्र हुने भन्दै टपरी नलगाउन र पात नछुनु भने पछि त्यहाँ दुई जना बिच विवाद सुरु भएको थियो ।

    पीडित दिलमाया बिकका अनुसार आफुलाइ यसरी सिधै जातीय आधारमा अपमान भए पछि आफू सहन नसकी सबै पातहरू छोएर ल अब यो बनको पात पनि दलितले छोएको छ सारा रुख , हावा पनि दलितले छोएको छ अब के गर्छौ ? भनी प्रतिवाद गरिन तर छिमेकी दिदीबहिनी कोही पनि यो गलत हो जातीय विभेद गर्न हुन्न भनी नबोलेको गुनासो गरिन ।

    घटना यतिमा मात्र सीमित रहेन चापागाईँका छोराले दिलमायालाई समातेर घरतिर लखेटे दिलमायाले भन्छिन् आमा त बुढी छिन बुझिनन् तर पढे लेखेको छोराले समेत जातपातको कुरा गर्न हुन्न भनी आमालाई सम्झाएन उल्टै मेरो घरमा किन आइस भनी गालिबेइज्ती गर्यो ।

    दिलमायालाई आफू भित्र लागेको यो अपमानको पिडाले सुत्न दिएन उनी मिलाप नेपाल संस्थामा न्याय माग्न पुगिन मिलापका अध्यक्षको सहयोगमा प्रहरी कार्यालयमा न्यायको आसामा निवेदन लिएर पुगिन ।

    १३ औँ दिनको काम सके पछि बोलाउने भने पछि उनी न्यायको पर्खाइमा बसिन १३ गते दुबई पक्षहरू बोलाइ जी .प्र. का कावासोतीमा छलफल भयो । उमेर वृद्ध भएकी चापागाईँले आफ्नो गल्तीको महसुस गरेर अब आइन्दा यस्तो नगर्ने भनी माफी मागे पछि सहमतिमा मेलमिलाप भएको हो ।

    वडा अध्यक्षसङ आक्रोशित दलित समुदाय

    २२ गते दोहोरो पक्षको छलफलमा एक्कासि वडा २ कि एमाले बाट निर्वाचित वडा अध्यक्ष पुष्पा आले आएर हाम्रो संस्कार छ किन आउनु हाम्रो घर , तिमी हरूको बानी व्यवहार ठिक नभएको हुँदा पछाडि परेका हौँ ।हामीले छुवाछूतको अन्त्य गर्न सक्दैनौ , यो परम्परा देखि चली आएको दलितलाई किन कोटा , आरक्षण दिएको होला सरकारले यिनीहरू सानोजातका सानै बुद्धि , मैले पनि दलितलाई मेरो घरमा आउन दिन्न, दलित भएर किन ठुलो जातको घरमा गएको भन्दै तथानाम जातीय गालीगलौज गर्दै उफ्रे पछि सिङ्गो समुदाय वडा अध्यक्ष सँग आक्रोशित बनेको छ ।भोट चल्ने दलितका? तर दलितलाई पशु सम्झने र दलित समुदायकै भोटबाट वडाअध्यक्ष जित्ने र उनलाई जिताउन दलित समुदाय लागेको भन्दै स्थानीय दलित अधिकार कर्मीले अध्यक्षको राजीनामा र कारवाहीको माग गरेका छन् ।

    अधिकारकर्मी दलबहादुर बिक भन्छन् ” वडा अध्यक्षले आफ्नो कार्यभार समालेको २,४ दिन मै यसरी खुलेलाम विभेद गर्नु यो सिङ्गो समुदाय प्रतिको अपमान हो ।हाम्रा भोटले जित्ने अनि हामीलाई विभेद गर्ने सिङ्गो समुदाय अत्यन्तै दुखी भएको छ र हामी आन्दोलन गर्छौ वहाँको राजीनामा सँगै कानुनी कारबाही हुनु पर्ने बताएका छन् ।

    के भन्छन् नगरप्रमुख

    नगरप्रमुखले वडा अध्यक्षले यस्तो कुरा बोल्न नहुने हो ।हामी जातीय विभेद र छुवाछूत विरुद्ध लागेको बताउँदै सिङ्गो समुदाय लाई अन्याय हुन नदिने र वडा अध्यक्ष माथि कारबाही हुने बताएका छन् । आफूहरू छलफलबाट कुनै निकास निकाल्न सकिने कि भनी छलफल गर्दै छौ भन्ने जानकारी दिए । यता स्थानीय भने वडा अध्यक्षको कार वाहीको माग गर्दै आन्दोलनको तयारी गरेको अधिकारकर्मी दलबहादुर विकले जानकारी दिएका छन् ।

    २२ गते दोहोरो पक्षको छलफलमा एक्कासि वडा २ कि एमाले बाट निर्वाचित वडा अध्यक्ष पुष्पा आले आएर हाम्रो संस्कार छ किन आउनु हाम्रो घर , तिमी हरूको बानी व्यवहार ठिक नभएको हुँदा पछाडि परेका हौँ ।

    हामीले छुवाछूतको अन्त्य गर्न सक्दैनौ , यो परम्परा देखि चली आएको दलितलाई किन कोटा , आरक्षण दिएको होला सरकारले यिनीहरू सानोजातका सानै बुद्धि , मैले पनि दलितलाई मेरो घरमा आउन दिन्न, दलित भएर किन ठुलो जातको घरमा गएको भन्दै तथानाम जातीय गालीगलौज गर्दै उफ्रे पछि सिङ्गो समुदाय वडा अध्यक्ष सँग आक्रोशित बनेको छ ।

    भोट चल्ने दलितका? तर दलितलाई पशु सम्झने र दलित समुदायकै भोटबाट वडा अध्यक्ष जित्ने र उनलाई जिताउन दलित समुदाय लागेको भन्दै स्थानीय दलित अधिकार कर्मीले अध्यक्षको राजीनामा र कारवाहीको माग गरेका छन् । अधिकारकर्मी दलबहादुर बिक भन्छन् ” वडा अध्यक्षले आफ्नो कार्यभार समालेको २,४ दिन मै यसरी खुलेलाम विभेद गर्नु यो सिङ्गो समुदाय प्रतिको अपमान हो ।


    हाम्रा भोटले जित्ने अनि हामीलाई विभेद गर्ने सिङ्गो समुदाय अत्यन्तै दुखी भएको छ र हामी आन्दोलन गर्छौ वहाँको राजीनामा सँगै कानुनी कारबाही हुनु पर्ने बताएका छन् ।

    के भन्छन् नगरप्रमुख

    नगरप्रमुखले वडा अध्यक्षले यस्तो कुरा बोल्न नहुने हो ।हामी जातीय विभेद र छुवाछूत विरुद्ध लागेको बताउँदै सिङ्गो समुदाय लाई अन्याय हुन नदिने र वडा अध्यक्ष माथि कारबाही हुने बताएका छन् । आफूहरू छलफलबाट कुनै निकास निकाल्न सकिने कि भनी छलफल गर्दै छौ भन्ने जानकारी दिए । यता स्थानीय भने वडा अध्यक्षको कार वाहीको माग गर्दै आन्दोलनको तयारी गरेको अधिकारकर्मी दलबहादुर विकले जानकारी दिएका छन् ।थाहा अनलाइन

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology