Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल कुवेत साँस्कृतिक मञ्चले आगामी २ सेप्टेम्बरमा तीज विशेष सांगीतिक धमाका गर्ने 

नेपाल कुवेत साँस्कृतिक मञ्चले आगामी २ सेप्टेम्बरमा तीज विशेष सांगीतिक धमाका गर्ने 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७९ सोमवार • २०:३८:३९ बजे
  • 1.2K
    SHARES
  • नेपाल कुवेत साँस्कृतिक मञ्चले आगामी २ सेप्टेम्बरमा तीज विशेष सांगीतिक धमाका गर्ने 

    कुवेत - नेपाल कुवेत साँस्कृतिक मञ्चले आगामी २ सेप्टेम्बर २०२२ का दिन हरितालिका तीजको अवसरमा सांगीतिक धमाका गर्ने भएको छ ।

    images

    स्थापनाकालदेखी हरेक बर्षहरुमा नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ । तर गत वर्ष भने कोरोना भाइरस महामारी रोगका कारण कार्यक्रम हुन सकेन । 

    कुवेतको जनजीवन अहिले सामान्य अवस्थामा रहेको हुनाले आगामी २०७९ भदौ १७ गते  शुक्रबारका दिन अर्थात २०२२  सेप्टेम्बर २ तारिकका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका हुन लागेको हो ।

    नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न स्थानीय कलाकार तथा नेपालबाट राष्ट्रिय कलाकार सहित तीज विशेष कार्यक्रमको स्थान तय आगामी मासिक बैठकबाट निर्णय गर्ने अध्यक्ष गोबिन्द बराल मोहित बताएका छन ।

    कुवेतमा कार्यरत नेपालीहरुको साथ र सहयोगले गर्दा नै साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको वरिष्ठ संरक्षक टिकाराम आचार्यले बताएका छन । 

    परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकारहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका वरिष्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराल मोहितलाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले आग्रह गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology