Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पत्रकारको घाँस काट्ने क्रममा लडेर मृत्यु

पत्रकारको घाँस काट्ने क्रममा लडेर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७९ बुधवार • ०९:५६:२२ बजे
  • 826
    SHARES
  • पत्रकारको घाँस काट्ने क्रममा लडेर मृत्यु

    गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक पत्रकारको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

    images

    प्रहरीका अनुसार पोखरेल मंगलबार दिउँसो अफ्नै घर नजिकैको जंगलमा आँपको स्याउला काट्नेक्रममा लडेर घाइते घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि गुल्मी अस्पतालमा लगिएको थियो ।

    अस्पताल पुर्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो । उनी नवलपरासी कार्याक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । पोखरेल नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजसमेत हुन् ।

    त्यस्तैगरी उनी प्रेस सेन्टर नवलपरासी अध्यक्ष थिए। उनी कार्यालयबाट ५ दिनको बिदा लिएर गाउँघरमा भेटघाटका लागि आएको पारीवारिक श्रोतले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology