Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली दूतावास कुवेत र एनआरएनए कुवेत द्वारा संयुक्तरुपमा दिवाभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न

नेपाली दूतावास कुवेत र एनआरएनए कुवेत द्वारा संयुक्तरुपमा दिवाभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • १०:३९:२७ बजे
  • 889
    SHARES
  • नेपाली दूतावास कुवेत र एनआरएनए कुवेत द्वारा संयुक्तरुपमा दिवाभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न

    कुवेत - नेपाली दूतावास कुवेत र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले संयुक्तरुपमा एक विशेष कार्यक्रमको आयोजना गरि दिवाभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

    images

    कुवेतको साल्मीया स्थित डाम्पा रेस्टुरेन्टमा १० जुन २०२२ शुक्रवारको दिन एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आएका राष्ट्रिय फुटबल टोलिलाई दिवाभोज सहित परिचयात्मक कार्यक्रम गरेका हुन ।

    नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघले आयोजना गरेको दिवाभोज तथा परिचयात्मक कार्यक्रमको संचालन नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य गैरआवासीय नेपाली संघका अध्यक्ष रण ध्वोज लामाले खेलाडी तथा उपस्थित सबैलाई स्वागत गरका थिए ।

    नेपाली दूतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय टोलिको सम्मानमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई आफ्नो शीप र क्षमाताको पूर्ण सदुपयोग गर्दै अनुशासित, दृढ मनोवल र आत्मविश्वासका साथ उत्कृष्ट खेलका लागि हौसला र प्रेरणा प्रदान गर्न खेलाडीलाई शुभकामना दिएका थिए ।

    K2.jpg

    दिवा भोज तथा परिचयात्मक कार्यक्रममा राष्ट्रिय फुटबल टीम तथा अब्दुल्ला अल मुताइरीको उपस्थिति थियो भने कुवेतबाट नेपाली दुताबास परिवार, गैरआवासीय नेपाली संघ तथा मिडियाकर्मीको उपस्थिति रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology