झापाली समाज कुवेतले चौथो महाअधिवेशन आउदो १७ जुनमा गर्ने भएको छ । कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो महाअधिवेशन कार्यक्रम गर्ने अध्यक्ष लोमश बास्तोलाले जानकारी दिएका छन ।
“हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर झापाका विभिन्न ठाउँबाट रोजगारीका सिलसिलामा कुवेत आएका झापालीहरुले सन २०१३ मा स्थापना गरेको झापाली समाज कुवेतको ०६ मार्च २०२० का दिन गर्न लागिएको चौथो महाधिवेशन बिश्व भरि फैलिएको कोरोना भाईरसका कारण स्थगित भएको थियो ।
गत मेई १३ तारिक शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित पार्कमा समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो ।
समाजले गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पीडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।
उक्त महाअधिबेशनलाई भव्य र सभ्य सफल बनाउन कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।
समय : दिनको ठिक ०१ बजे ! मिति : १७ जुन, २०२२ शुक्रबार ! स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट, फर्वानिया ! सम्पर्क फोन न :- 66036124, 66976730