Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमानमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति गठन

ओमानमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७९ सोमवार • १२:३५:१६ बजे
  • 1.0K
    SHARES
  • ओमानमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति गठन

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) तदर्थ समिति ओमानको गठन गरिएको छ। गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को सम्पन्न संघको १० औँ महाधिवेशन सम्पन्न भएको थियो।

    images

    महाधिवेशनले विनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको थियो। नयाँ नेतृत्वको योजना अनुरूप सङ्घलाई विश्वका धेरै देशमा पुर्‍याउने योजना अनुरूप एनआरएनए एनसीसी तदर्थ समिति ओमान गठन गरिएको छ।

    अद्यावधिक एनसीसीहरुसँग सहकार्य गर्न र तदर्थ समिति गठन गर्नको लागि एनआरएनए आइसीसीले एक कार्यदल गठन गरेको छ। अध्यक्ष विनोद कुँवरको संयोजकत्वमा गठित कार्यदलमा महासचिव जानकी गुरुङ, सचिव कृष्ण के सी, प्रवक्ता प्रकाश धमला साथै सम्बन्धित क्षेत्रका क्षेत्रीय संयोजक सदस्य रहने व्यवस्था गरिएको छ।


    संघले तदर्थ समिति गठन सम्बन्धी नियमावली समेत पारित गरेको छ। सोही नियमावली २०२२ का आधारमा यो तदर्थ समिति ओमान गठन गरिएको हो। नारायण खातीको संयोजकत्वमा गठित १० सदस्य तदर्थ समितिले आवश्यक सङ्ख्या थपेर जान पनि सक्नेछ। जुन १२, २०२२ गठित एनसीसी ओमान तदर्थ समितिलाई जुन १२ मा नै आइसीसीबाट मान्यता दिएको छ।


    यस अघि एनआरएनए एनसीसी साउदी अरब, एनआरएनए एनसीसी क्यानाडा गठन भएका छन्। एनआरएनए एनसीसी क्रोएसियालाई पनि छिट्टै मान्यता प्रदान गरिनेछ।

    एनआरएनए एनसीसी ओमान तेस्रो मान्यता पाएको तदर्थ समिति हो भने केहि एनआरएनए एनसीसीहरुसँग सहकार्य-साझेदारीको तयारी पनि भएको छ।


    तदर्थ समिति ओमान २०२२


    संयोजक-नारायण खाती
    उपसंयोजक-टिकाराम बिश्वकर्मा
    सदस्य-तिलक दाहाल
    सदस्य-धनबहादुर लामखोर
    सदस्य-रोजिना सापकोटा
    सदस्य-राजु अधिकारी
    सदस्य-अर्जुन रिमाल
    सदस्य-कृष्णबहादुर राना
    सदस्य-सुशील रावल
    सदस्य-जीवन कार्की 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology