Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिक्किमले ‘कबड्डी ४’ को प्रदर्शनमा रोक लगायो

सिक्किमले ‘कबड्डी ४’ को प्रदर्शनमा रोक लगायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७९ बुधवार • १०:१२:०३ बजे
  • 1.4K
    SHARES
  • सिक्किमले ‘कबड्डी ४’ को प्रदर्शनमा रोक लगायो

    नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ ।

    images

    मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए ।

    ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले भनेका छन ।

    सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।

    ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology