Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको अध्यक्षमा याम किसान

दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको अध्यक्षमा याम किसान

पूर्ण विक पहाडी

पूर्ण विक पहाडी

आषाढ ४, २०७७ बिहिवार • १६:२८:१४ बजे
  • 1.8K
    SHARES
  • दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको अध्यक्षमा याम किसान
    मयूरपाटी - म्याग्दी जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलहरुको भातृ संगठनमा आबद्ध दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको बुधबार बेनीमा सम्पन्न बैठकले नयाँ समिति चयन गरेको छ ।
     
    समाजबादी दलित मुक्ति महासंघको तर्फबाट याम किसानको संयोजकत्वमा उक्त संर्घष समिति पुनर्गठन गरिएको हो । पुनर्गठित समितिको सदस्यहरुमा बल बहादुर बिश्वकर्मा, सुकलाल किसान, पदम किसान, भोज बहादुर थापा किसान, नन्द बहादुर बिश्वकर्मा, छबि बिश्वकर्मा, शिव परियार, दल बहादुर मिजार र कृष्ण बहादुर चर्मकार रहेका छ्न ।
    DP1.jpeg
    बैठकले ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । उक्त समितिमा लाल बहादुर चर्मकार, गब्बे परियार, टेक बहादुर बिश्वकर्मा, जग बहादुर किसान र पुस्कर बिश्वकर्मा रहनु भएको छ ।बैठकले गत जेठ १० गते रुकुम पच्छिम घटनामा जातिय बिभेदका कारण ज्यान गुमाएका नबराज बिश्वकर्मा सहित ६ जनाको दिबंगत आत्माको चिर शान्तीको कामना गर्दै भावपुर्ण श्रदाञ्जली अर्पण गरेको छ ।
     
    साथै सरकार समक्ष दोषिलाइ कानुन अनुसार कार्बाहीको माग गर्ने निर्णय पनि गरेको छ । बैठकले पुर्ब संयोजक बल बहादुर बिश्वकर्मालाइ कार्यकाल सफल बनाएकोमा धन्यबाद ज्ञापन समेत गरेको छ ।केन्द्रबाट आउने जुनसुकै संघर्षका कार्यक्रम पनि गर्ने र जिल्लाको परिस्थिति लाइ मध्यनजर गर्दै दलित अधिकारका निम्ती सक्रियताका साथ काम गर्ने योजना बनाएको नब गठित समितिका संयोजक याम किसानले बताउनुभयो ।
     
    दलित एकता आजको आबश्यकता भएकोले जातिय सद्भाव कायम गर्दै रचनात्मक कार्य गर्नका लागि संगठनको महत्वपुर्ण भुमिका रहने सल्लाहकार समितिका सदस्य टेक बहादुर बिश्वकर्माको बताउनु भयो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • पूर्ण विक पहाडी

    मयूरपाटी डिजिटल पत्रिकाकाे प्रबन्ध निर्देशक: पुर्ण ब. बिश्वकर्मा 'गोतामे' (पहाडी ) हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology