Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खाना नदिएको भन्दै श्रीमतीको हत्या

खाना नदिएको भन्दै श्रीमतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • ०९:३५:१२ बजे
  • 1.2K
    SHARES
  • खाना नदिएको भन्दै श्रीमतीको हत्या

    भारतमा एक व्यक्तिले खाना नदिएको भन्दै श्रीमतीको हत्या गरेका छन् । दुवैले सँगै रक्सी पिएको र त्यसपिछ खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए ।

    images

    कुटेर हत्या गरेपिछ ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए ।

    यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सुल्तानपुरका ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ ।

     

    दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि सिरानीले हानेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो ।

    आफूहरु सँगै मदिरा पिएको तर केही समयपछि खाना नमाग्दा नदिएपछि विवाद हुँदा आफूले हिर्काएको उनले प्रहरीलाई बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology