Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं बागबजारको पानीमा भेटियो हैजा जिवाणु

काठमाडौं बागबजारको पानीमा भेटियो हैजा जिवाणु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७९ बिहिवार • ०९:५७:१४ बजे
  • 946
    SHARES
  • काठमाडौं बागबजारको पानीमा भेटियो हैजा जिवाणु

    काठमाडौंको बागबजारको पानीमा हैजाको जिवाणु रहेको पुष्टि भएको छ ।

    images

    यसले हालै हैजा देखिएका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरूले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।

    यी मानिसको दिसामा रहने संक्रामक जिवाणु हुन् । काठमाडौंमा लामो समयसम्म फोहोर नउठेका कारण पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology