नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १३ औं स्थापना दिवसको अवसरमा
कुवेत स्थित सैन्ट्रल ब्लड बैंक, जाब्रियामा जुन २४ शुक्रवारको दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा नेपाली रक्तदाता संघ कुवेत (NBDA KUWAIT) को विशेष व्यवस्थापन रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थी, गैरआवासीय नेपाली संघ समन्वय परिषद् कुवेतका अध्यक्ष रनध्वज राना, रक्तदाता संघ कुवेतका अध्यक्ष रुपेन हमाल सहित नेपाली दाजुभाई तथा दिदी बहिनीहरु लगायत पत्रकारहरुको उपस्थितिमा रक्तदान कार्यक्रम भएको थियो ।
सैन्ट्रल ब्लड बैंक, जाब्रियामा आयोजना भएको पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागीहरुले स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र झन्डै ३० जना भन्दा बढीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजन उपाध्यक्ष राज मल्लले गरेका थिए ।

कुनै पनि एक स्वस्थ व्यक्तिले चिकित्सकको सल्लाह अनुसार तीन /तीन महिनामा रक्तदान गर्न सकिन्छ ।कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शरीरमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो। यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि पनि हो ।
रक्तदान कार्यक्रममा आवतजावतका लागि यातायातको समेत व्यवस्था गरिएको थियो ।रक्तदाताहरुको लागि जुस पानी, फलफूल तथा खानपिनको व्यवस्था समेत रहेको थियो ।