देशका विभिन्न ठाउँको हवाई सेवा प्रभावित भएको छ । भारी वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो ।
विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडान बिहानैदेखि प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले पर्सीसम्म नै वर्षा जारी रहने जनाएको छ ।
चट्याङ लागेर २ किसानको मृत्यु
कञ्चनपुरमा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
पुर्नबास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेका उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।
यता चट्याङ परेर पुर्नबास–८ मा २५ वर्षीय शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।
खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर थापाको मृत्यु भएको हो ।