Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिदेशमा आएर लिभिङ टुगेदरमा बस्ने पुरूष र महिलाको कारणले लाखौ नेपालीको घरबार बिग्रने अवस्थामा 

बिदेशमा आएर लिभिङ टुगेदरमा बस्ने पुरूष र महिलाको कारणले लाखौ नेपालीको घरबार बिग्रने अवस्थामा 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७९ मंगलवार • १४:०६:३६ बजे
  • 1.8K
    SHARES
  • बिदेशमा आएर लिभिङ टुगेदरमा बस्ने पुरूष र महिलाको कारणले लाखौ नेपालीको घरबार बिग्रने अवस्थामा 

    कमल भण्डारी  

    images


    कुवेतमा अवैध रूपमा घर जम गरी बस्ने र नेपालमा श्रीमानलाई त्याग गरि लिभिङ टुगेदरमा बस्ने पुरूष र महिलाको चर्तीकला देख्दा लाग्छ ! अव श्रीमान र श्रीमति बिचको पवित्र सम्बन्ध पनि मन्डिमा बिक्रि गर्नको लागि राखिएको तरकारी र फलफूल बजार जस्तो भएको अनुभुति हुन्छ । किनभने हिजो आज भइरहेको दैनिक घटना त्यसतै प्रस्तुत गरेको देखिन्छ । यस्लाई नेपालीहरूको संस्कार र चलन भन्ने कि शरिर माथि भएको अपचालन भन्ने ! यस्लाई किनारा लगाउन नै गाह्रो भयो । प्रयोग गर्ने शैलि र बिधि भन्दा माथि जादा यस्ता हर्कत प्रकट हुन्छन । सहमति हुदाँ सम्म चमत्कारको संज्ञा दियो जव मनमुटाव र बिमति हुन्छ तव बलात्कारको बिल्ला भिरायो यहि हो ! हिजो आज देखिएका ताजा घटनाक्रमहरू यस्ता बिषय बस्तुलाई समाजको रोचक भन्ने कि थेक्न नसक्ने घोचक भन्ने अलि अन्योल सृजना भयो?

    नयाँ युगको नयाँ संस्कार हो कि कलि युगको चित्कार हो यो बिषयमा त पाठक मित्रहरूले न्यायोचित निर्णय दिनु होला यस्मा थप धेरै व्याख्या गर्नुपर्ने आवश्यक देखिन्न । प्रवासमा रोजगारीको शिलशिलामा धेरै नेपाली दाजुभाइहरू सरिक हुनुहुन्छ ! आर्थिक रूपान्तरण र व्यक्तिगत पक्ष र देशको विप्रषेणमा महान टेवा दिएको छ । यो सकरात्मक र सुखद पाटो हो तर रितिरिवाज संस्कार र संस्कृति भने सबै तजविजबाट समाप्त भएको छ । लगभग अहिले कुवेतमा नेपालीको संख्या पचाँस हजार छ । त्यसमा पनि पुरूष संख्या थोरै र महिलाको संख्या अलि बढि नै छ । यति सानो जनशक्ति भएको देशमा पनि अवैध सम्बन्ध र अवैध भएर बस्ने नेपालिहरूको संख्या ठुलो छ । अवैध रूपमा जागिरमा बस्ने र अवैध रूपमा लिभिङ टुगेदरमा बस्ने नेपालीहरू पनि अधिक छन । यहि भित्रबाट नै हो धेरै देहत्यागका घटना र अल्पकालमा मृत्युका दुख:द समचार सम्प्रेषण हुने लेख्दा र पढदा असहज लाग्न सक्छ तर यहाँको यथार्थ चरत्रीकला यहि हो ।  चाहे नोकर देखि मालिक सम्म होस चाहे पत्रकार देखि व्यापारी सम्म धेरै व्यक्तित्व जोडिएको देखिन्छ ।

    पटकपटक समाचार आइरेहका हुन्छन । आमा छोरा छोरी बाबु परिवारबाट सम्पर्क बिहिन भयो शीघ्र खोजि गरि परिवार सग सम्पर्क गर्नुहोला भनि धेरै यस्ता घटनाहरू सम्प्रेषण भएको हामी सबैलाइ जगजाहेर नै छ । यसरी परिवार सग सर्म्पक बिहिन हुनुको मुख्य कारण चाहि के हो ? तर यस बिषमा बहस र खोजिनिती भने कुनै पनि क्षेत्रबाट पहल भएको देखिदैन तर पहल भए पनि नेपालीहरूलाई यस बिषयमा सजग बनाउन कठिन छ किनभने जवानीको जोस र डिनारले बनाएको बेहोसमा तल्लिन छन ।

    छोरीलाई प्रवास पठाएर घर व्यवाहार सुधार गर्छु भन्नु र चितुवाले घास खान्छ भनु उस्तै उस्तै हो । हेरक व्यक्तिका निजि चाहान र अपेक्षा हुन्छ ! ति उसका नैसर्गिक अधिकार हो । त्यसलाई हामी सबैले सम्मान गर्नुपछ । तर अधिकार प्राप्त भयो भन्दैमा त्यसलाई दुरूपयोग गर्न पनि त भएन नि ? हेरक व्यक्ति स्वतन्त्र छ !के गर्ने के नगर्ने भन्ने ! तर यो पचाँस डिग्रिको गर्मीमा जवानीको मोलमलाई गरेको देख्दा उदेक लागेर आउछ । होटल रेस्टुरेन्ट सुपरमार्केट प्रत्येक ठाउँमा जवानीलाई डिनारमा लिलाम गरेको देखिन्छ । हेरक बिषयका परिधि हुन्छन तर परिधि भन्दा बाहिर गएर यस्ता हर्कत गरेको देख्दा दया भन्दा पनि घृणा जागेर प्रकट हुने रहेछ । बङगाली पाकिस्तान, इन्डिया, इजिप्टका नागरिक सग अफेयरमा बसेको देखिन्छ । यि निजि विषय भए हामी सबैले सम्मान गर्नुपर्छ ।  तर सम्मानको शव्द प्रयोग गरि छाडा शैलिमा कात्तिकको कुकुरले जस्तो व्यवहार गरेको देख्दा नेपालीको मन हो ! होइन हाम्रो देशले महिलाको जवानी लिलामको लागि प्रवासमा पठायो कि भन्ने भान हुन्छ । सबै स्त्रि पुरूष खराब छन ! भन्ने आशय होइन ! केहि राम्रा र सकरात्मक महिला पुरूष पनि हुनुहुन्छ । व्यक्तिगत कार्यको साथै समाजिक कार्यमा निरन्तर सेवा दिनु भएको छ । 

    प्रवासमा मात्रै होइन अहिले नेपालमा पनि अवैध सम्बन्धको चाङ लागेको छ । सडक देखि सदन संगति देखि सञ्चार सबै क्षेत्र दुषित भएको छ । गत हप्ताको मात्रै घटनलाइ लिन सकिन्छ । बिमला खत्रीले राज्य शक्ति प्रयोग गरि एकराज बस्नेतको  घरमा गएर निजको श्रीमति र परिवारलाई अभद्र व्यवाहर प्रकट भएको जगजाहेर नै छ । किन यस्ता घटना सतहमा प्रकट भयो कि भगवानलाई जानकारी होला कि एकेन्द्र र बिमलालाइ नै अवगत होला । कारण जे भएपनि सत्य भनेको लुकिछिपि भएको सम्बन्ध जस्तो देखिन्छ होइन भने अन्य के कारण होला र फलानो खोइ भन्दै घरमा खोज्न जानुपर्ने मानिसले सबै बिषयलाई कावुमा राख्ने ल्याकत राख्छ ! तर प्रेम लिला भने कावु भन्दा बाहिर जाने रहेछ । घटनाले त्यहि पुष्टि गरेको छ ।


    आज दिलमाया सुनवारको पनि यस्तै घटना प्रकट भएको छ । साथमा एक जना छोरा त्यपछि !श्रीमान सग सम्बन्ध बिच्छेद त्यसपछि !यता काठमाडौंमा सुनार गहना पसलमा काम गर्ने एक व्यक्तिसँग ‘लिभिङ टुगेदर अन्त्यमा देहत्याग यो कस्तो चलन हो कि प्रचलन दुखद घटना !

    अहिले संसारमा धेरै महिला पुरूषले देहत्याग गरेका छन । पहिलो कारण भनेको प्रेम सम्बन्ध कारणले दरार पैदा हुन्छ । जव असहज अवस्था सृजना हुन्छ । मानिस सग दुइ वटा बिकल्प हुन्छ । पहिलो पूर्ण मिलन दोस्रो आत्म हत्या तिमीलाइ जति गरे पनि तिमीबाट माया पाउन सकिन त्यहि भएर संसारबाट बिदा भए भनेर पोष्ट गर्नुका कारण यहि होला कि ?

    संसारमा लगभग आठ अरव मानिसहरू छन । जस्मा आधा पुरूष आधा महिला छन । त्यस मध्ये हामी कति जनालाइ भेटन र छोडन सक्छाै । मान्छेको मन कातर छ । अहिले मन र शरिरको भ्रमलाई नर्कान नस्कनु नै अचेत चेतना हो ! भने ज्ञानको कमीको कारण गर्दा यस्ता दुखत अवस्था प्रकट हुन्छन । गन्तव्यमा पुग्न निस्केको यात्री हो । यात्रा गर्ने क्रममा जोडिने र छुटिने भइरहन्छ । त्यसलाई सहजै स्विकार गरी आफ्नो गन्त्वयमा पुग्ने लक्षय नै हामी सबै भलो होला ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology