Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘आमाको बलात्कार भयो त्यसपछि म जन्मिएँ’: WWE की प्रस्तोता

‘आमाको बलात्कार भयो त्यसपछि म जन्मिएँ’: WWE की प्रस्तोता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७९ मंगलवार • १९:३९:५५ बजे
  • 1.1K
    SHARES
  • ‘आमाको बलात्कार भयो त्यसपछि म जन्मिएँ’: WWE की प्रस्तोता

    एक चर्चित महिला प्रस्तोताले आफूलाई ‘प्रोडक्स अफ रेप’ बताएकी छिन् । कायला ब्राक्सटनले एक अज्ञात व्यक्तिले उनकी आमामाथि यौन उत्पीडन गरेका थिए त्यसपछि उनकी आमा गर्भवती भएको र उनको जन्म भएको खुलासा गरेकी छिन् । उनको यो बयान अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई समाप्त गरेपछि आएको हो ।

    images


    ३१ वर्षकी ब्राक्सटन डब्ल्यूडब्ल्यूईकी चर्चित प्रस्तोता हुन् । उनले हालै आफ्नो ट्वीटमा आफूलाई ‘प्रोडक्ट अफ रेप’ बताएकी छिन् । ब्राक्सटनले अमेरिकामा गर्भपतनमाथि रोक लगाएकोमा विरोध जनाएकी छिन् ।


    डब्ल्यूडब्ल्यूई प्रस्तोताले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘म बलात्कारको देन हुँ । मेरी आमालाई एक अपरिचितले बलात्कार गरेका थिए । मेरा जैविक पिता को हुन् भनेर मलाई अहिलेसम्म पनि थाहा छैन । मेरी आमाले मलाई जन्माउने निर्णय गरिन् किनभने यो उनको इच्छा थियो । कानुनले उनलाई यस्तो गर्न बाध्य पारेका कारण गरेकी होइनन् ।’

    ‘हामीसँग आफ्नो चोइस हुनुपर्छ’


    कायला ब्राक्सटनका अनुसार बच्चालाई जन्माउने कि नजन्माउने भन्ने कुरा महिलाको अधिकार हो । उनले भनेकी छिन्, ‘कानुन बनाएर कुनै नियम थोपर्नु हुँदैन । बच्चा जन्माउनु महिलाको स्वास्थ्य, जीवनसँग जोडिएको कुरा हो । हामीसँग आफ्नो चोइस हुनुपर्छ ।’


    स्मरण रहोस्, अमेरिकाको सर्वोच्च अदालतले त्यहाँको ५० वर्ष पुरानो गर्भपतनको संवैधानिक अधिकार समाप्त गरेको छ । अदालतले गर्भपतनलाई कानुनरुपमा मञ्जुरी दिने कानुनलाई फेरिदिएको छ । त्यसपछि अमेरिकामा गर्भपतन गराउनका लागि महिलालाई मुश्किल भइरहेको छ । अदालतको यो निर्णयविरुद्ध देशका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology