Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोठामा मृत भेटिएका बरंजाका अर्जुन रोकाको जापानमै अन्त्येष्टि गरिने

कोठामा मृत भेटिएका बरंजाका अर्जुन रोकाको जापानमै अन्त्येष्टि गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • १४:५२:४२ बजे
  • 1.7K
    SHARES
  • कोठामा मृत भेटिएका बरंजाका अर्जुन रोकाको जापानमै अन्त्येष्टि गरिने

    म्याग्दी । ७ वर्षअघि बिद्यार्थी भिसामा जापानको ओसाका गएका बरंजाका ३१ वर्षका अर्जुन, विद्यार्थीबाट कम्पनीमा कामदार भिसामा परिवर्तन गरिसकेका थिए । परिवारका एक्लो छोरा अर्जुनले आउनु भन्दा केहि समय अघि विवाह समेतगरि जापान गएको केही समयमा नै आफ्नै कोठामा मृत भेटिएका थिए । 

    images

    श्रीमती जापान लैजाने तयारी गरिरहेका रोका २ दिन देखि काममा नगएपछि काम गर्ने कम्पनीबाट बस्ने कोठामा खोजिका लागि जाँदा वासिङ मिसिनको डोरिले घाटीमा बेरीएको अवस्था कोठामा नै मृत भेटिएको एनआरएन आईसिसिका सदस्य एवं मोना जापानका पूर्व अध्यक्ष दिपक कार्कीले फेसबुक मार्फत जानकारी दिएका छ्न ।

    उनका अनुसार परिवार तथा कम्पनीको सहमती अनुसार अर्जुनको शवलाई भोलि(जुन ३० तारिक )विहीबार बिहान जापानको ओसाकामा अन्येष्टी गरिने तय भएको छ ।

    परिवारका एक्ला छोरा एवं सात बर्षमा एकपटक पनि नेपाल नगएका अर्जुनको शवलाई नेपाल लैजाने परिवारको चाहान भएपनि आर्थिक लगायत विविध कठिनाईले जापानमानै अन्त्येष्टि गर्नु परेको कार्कीले बताए ।

    ६ वर्षसम्म निकै कठिन मानिने विद्यार्थी जिवन बिताएर पनि कम्पनी छनौट गरि कामशुरु गरिसकेका अर्जुनले आफ्नो मृत्यूआफै रोजेको पोष्टमार्टम रिपोट प्रहरीले कार्कीलाई बुझाएको थियो । आत्महत्याको बाटो किन रोजे भन्ने बारेमा अझैपनि प्रष्ट हुन सकेको छैन् । यसैविच मृतक रोकोका परिवार एवं शव ब्यवस्थापनको लागि सहयोग संकलन शुरुगरेको छ ।

     फेसबुक मार्फत जानकारी

    म्याग्दी जिल्ला मंगला गाउपालिका ५ बरङजा निवासी वर्ष ३१को अर्जुन रोका मगर बिगत ७ बर्षदेखि जापानको ओसाका स्थित एक कम्पनिमा कार्यरत रहनुभएको र यहि मिती 2022/6/27 गते बिहान आफु बस्ने कोठामा नै असामयिक निधन भएको हुँदा  सम्पुण जापानबासी नेपाली समुदाय सँगै म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापान परिवार दुख व्यक्त गर्दछौ ।मृर्त आत्माको चिर शान्तीको कामना व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समबेदना ब्यक्त गर्दछौ।


    साथै  शव अन्तेष्टी तल उल्लेखित मिती,समय र स्थानमा गरिने हुदा ओसाका आसपासमा रहनुहुने सम्पूर्ण नेपाली समुदाय,विभिन्न संघ संस्था लगायत सबैमा उपस्थितिको निम्ती हार्दिक अनुरोध गर्दछौ।

    मिती :२०२२/०६/३० बिहिवार
    समयः11:00am

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology