Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी-पहिरोले १२ जिल्लामा सडक अवरुद्ध

बाढी-पहिरोले १२ जिल्लामा सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • १६:०१:४७ बजे
  • 1.0K
    SHARES
  • बाढी-पहिरोले १२ जिल्लामा सडक अवरुद्ध

    लगातारको बर्षाका कारण बाढी, पहिरो र डुबान हुँदा देशका १२ जिल्लाका सडक अवरुद्ध भएका छन् । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेका हुन् ।

    images

    यसैगरी, सिन्धुली, गोलन्जोर गाउँपालिका-५ सोलाभन्ज्याङस्थित बीपी राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूणर्रूपमा अवरुद्ध भएको छ भने गोलन्जोर गाउँपालिका-६ अक्करे भिरस्थित सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

    यस्तै मोरङ, लेटाङ नगरपालिका-३ फायर लाइनस्थित लेटाङ कानेपोखरी सडकमा मंगलबार दिउँसो रूख लडेर सडक अवरुद्ध भएको छ । यसैगरी, बागलुङ, गल्कोट नगरपालिका-७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने प्युठान, सरुमारानी गाउँपालिका-४ अँधेरी खोला, पाकुरी खोलामा मंगलबार राति लेदोसहितको पहिरो जाँदा प्युठान भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ ।

    यस्तै, माण्डवी गाउँपालिका-५ चेरनेटामा बुधबार बिहान लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ । धादिङ, गल्छी गाउँपालिका-६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदोसहित पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

    यस्तै दाङ, घोराही उपमहानगरपालिका-१३ बगाले भन्ने स्थानमा रहेको भेरे खोलामा मंगलबार राति भेल आई रोल्पा होलेरीदेखि घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसी घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

    त्यसै गरी तनहुँ आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूणर्रूपमा अवरुद्ध भएको छ ।

    नवलपरासी (पूर्व) को विनयीत्रिवेणी गाउँपालिका-१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका-१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएको तीनवटा डाईभर्सन अविरल वर्षाको कारण बुधबार बिहान बगाउँदा पूर्वपश्विम राजमार्ग अवरुद्ध भएको छ । धनकुटाको धनकुटा नगरपालिका-९ सिम्सुवास्थित मूलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

    उदयपुरको कटारी नगरपालिका-१४ वनडाँडास्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यसैगरी, चौदण्डीगढी नगरपालिका-१० खैराझोडा र सोही नगरपालिका-९, ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अवरुद्ध भएको छ ।

    यसैगरी, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology