Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७९ बिहिवार • १०:२३:२३ बजे
  • 1.1K
    SHARES
  • गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

    स्याङ्जाको गल्याङ नगरपालिका-१० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ ।

    images

    अर्का एक जना घाइते भएका छन् । स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १३ वर्षकी छोरी रेखा भट्टराईको मृत्यु भएको हो ।

    घटना लगत्तै स्थानीयले उनलाई गल्याङ नगर अस्पतालमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

    आज बिहान ५ वजे भएको घटनामा रेखासँगै रहेका उनका १६ वर्षका दाजु लक्ष्मण भट्टराई घाइते भएका छन् । घटनामा गोठमा रहेका एक भैसी र दुईवटा बाख्रा पनि मरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology