Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७९ शुक्रवार • ०९:५५:२५ बजे
  • 1.4K
    SHARES
  • दक्षिण कोरियामा १३ नेपाली पक्राउ

    दक्षिण कोरियामा अवैध रुपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन ।

    images

    ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

    कृषि तथा माछापालन मौसमी कामदारको रुपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

    यस्तै बसाइ अवधि सकिएका अन्य नौ जना पक्राउ परेका हुन् । उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology