Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ वर्षीय गौमतीले जन्माइन् तिम्ल्याहा बच्चा

२४ वर्षीय गौमतीले जन्माइन् तिम्ल्याहा बच्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७९ शनिवार • ११:३५:०६ बजे
  • 1.1K
    SHARES
  • २४ वर्षीय गौमतीले जन्माइन् तिम्ल्याहा बच्चा

    जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिकी २४ वर्षीया गौमती कुँवरले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

    images

    गौमतीले बिहीवार राति ११ बजे माया मेट्रो अस्पताल दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आमा र तिम्ल्याहा बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    अस्पतालका अनुसार गौमतीले गर्भवती भएको सात महिनामै शल्यक्रियामार्फत् तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको अस्पतालले जनाएको छ ।

    प्रसूति व्यथाले च्यापेपछि गौमतीलाई हिजो साँझ मात्रै अस्पताल लगिएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत् सयौंले तिम्ल्याहा बच्चालाई जन्म दिने गौमती र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिइरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology