कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपालिहरुको लागि ओमान बाट नेपालको लागि पाँचौ उडान यहि ११ सेप्टेम्बरमा हुदैछ । साथै नेपाल बाट ओमान पनि जान सकिने नेपाली दूतावास ओमानले जानकारि दिएको छ । दूतावासमा विभिन्न माध्यमबाट नाम दर्ता भएका मध्ये प्राथमिकताका आधारमा नेपाल पठाउन लागिएको हो ।
सलाम एयरमा एकतर्फी हवाइभाडा ११५ ओमानी रियल (२० के.जी. लगेज तथा ७ के.जी. ह्यान्ड ब्याग) तोकिएको छ। भने नेपाल बाट ओमान फिर्तीको लागि भाडा दर केही जानकारी दिएको छैन ।
दूतावासले प्रकाशित गरेको सूचनामा नामावली सार्वजनिक भएका सबैले नेपाल जानको लागि ०९ सेप्टेम्बर सम्म कोभिड -१९ को PCR परीक्षण गर्न समेत अनुरोध गरेको छ ।
सलाम एअरको सो उडानबाट ओमान फर्कन चाहने नेपालीहरूले ओमानको परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने छ। सो अनुमतिको आफू कार्यरत कम्पनीबाट वा सलाम एअरको नेपालको कार्यालय वा ओमानमा सलाम एअरलाई कम्पनीबाट sales@salamair.com cc to khalid.alriyami@salamair.com मा सम्बन्धित कागजात सहित इमेल गर्नुहुन वा 71177892 मा सम्पर्क गर्न हुन समेत नेपाली दूतावासले अनुरोध गरेको छ।


