Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेकाे घुईंचो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेकाे घुईंचो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७९ शुक्रवार • ११:५३:०८ बजे
  • 1.1K
    SHARES
  • बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेकाे घुईंचो

    बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बढेका छन् ।

    images

    अहिले बाघ देखिने सिजन भएकाले बाघ हेर्न आउनेको भीड लाग्न थालेको छ । पछिल्लो समय जर्मनी र इजरायलबाट आएका पर्यटकले निकुञ्ज सफारी गरेका छन् ।

    सफारीका क्रममा बाघ देखेका कारण उनीहरू खुसी भएको नेचर गाइड अनुराम चौधरीले बताए । ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’, उनले भने, ‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ ।’

    बाघकै कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ ।

    निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटक बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘यो वर्षमात्रै १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्,’ उनले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology