Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न

कुवेतमा २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • १४:२०:५१ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न

     अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

    images

    कुवेतस्थित फाहहिलको ए वान नेपाली रेस्टुरेन्टमा १५ जुलाई शुक्रवारका दिन २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बीरमा माल्यार्पण र राष्ट्रिय गानबाट आरम्भ भएको समारोहमा राजेन्द्र बिरहीले भानुभक्तका रामायणका श्लोकहरू वाचन गरेका थिए ।

    q2.jpg

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्ष प्रबिन आचार्यको सभापतित्व र नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

    त्यसैगरी विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रनध्वज लामा, नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही रहेका थिए भने अतिथिमा कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार र साहित्यकार रहेका थिए । कार्यक्रम संचालन द्वय प्रसाद तिम्सिना र महासचिब बद्री न्यौपानेले गरेका थिए ।

    उपाध्यक्ष तिलाचन बस्यालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि, विशिष्ट अतिथि र प्रमुख अतिथि लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा साहित्यप्रेमी साहित्यकारहरुले रचना वाचन गर्दा निकै रौनकता छाएको थियो । अन्त्यमा कार्यक्रमका सभापति प्रविन आचार्यले कार्यक्रम समापन गरेका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology