Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमानमा २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न

ओमानमा २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • १९:४५:०४ बजे
  • 1.1K
    SHARES
  • ओमानमा २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

    images

    ओमानको घाला स्थिति अजेवा होटलमा १५ जुलाई शुक्रवारको दिन २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बीरमा माल्यार्पण र राष्ट्रिय गानबाट आरम्भ भएको समारोहमा अग्रज ब्याक्तित्व तोलाकान्त भट्टराईले भानुभक्त रामायण श्लोकहरू वाचन गरेका थिए ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरका अध्यक्ष शुसिल पुन बिरहीको सभापतित्व र नेपाली दूतावास ओमानका का.वा राजदूत सोमेश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।


    त्यसैगरी अतिथिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानका पुर्व अध्यक्ष दिपक श्रेष्ठ , गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष महेश चौधरी , नेपाली जनप्रगतीशिल मञ्च ओनानका अध्यक्ष उमेश विश्वकर्मा, नेपाली जनसम्पर्क समिति ओमानका सभापति सालिक चापागाईं, प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष सोम श्रेष्ठ, नेपाली एकता मञ्च ओमानको उपाध्यक्ष माँया तामाङ्ग, ओमानमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार र साहित्यकारहरुको बाक्लो उपस्थित रहेको थिए ।

    कार्यक्रम संचालन रन्जित आचार्य गरेका थिए, भने स्वागत मन्तव्य अग्रज ब्याक्ती तोलाकान्त भट्टराईले राखेका थिए । कार्यक्रममा विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि,अतिथि र प्रमुख अतिथि लगायतले साहित्यको माध्यम बाट मन्तव्य राखेका थिए ।

    कार्यक्रममा साहित्यप्रेमी साहित्यकारहरुले रचना वाचन गर्दा निकै रौनकता छाएको थियो । अन्त्यमा कार्यक्रमका सभापति सुशील पुन बिरहीले कार्यक्रम समापन गरेका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology