Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सिन्धुपाल्चोकमा बाढीपहिरोको त्रास : स्थानीयवासी रातभर घर बाहिरै

सिन्धुपाल्चोकमा बाढीपहिरोको त्रास : स्थानीयवासी रातभर घर बाहिरै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७९ बिहिवार • ०९:५१:१९ बजे
  • 751
    SHARES
  • सिन्धुपाल्चोकमा बाढीपहिरोको त्रास : स्थानीयवासी रातभर घर बाहिरै

    गएरातिको वर्षालेआएको बाढीले ठाउँ–ठाउँमा बाटोमा क्षति पुर्‍याउँदा मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

    images

    हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक बाढीले क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए।

    यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गएराति भारी वर्षा हुँदा ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा त्रासले घर बाहिर बस्न बसेका थिए।

    गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो।

    जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology