Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नवनिर्वाचित भारतीय राष्ट्रपतिको जीवन संघर्ष : दुई छोरा र श्रीमानको छोटो अन्तरालमा निधन भएको थियो !

नवनिर्वाचित भारतीय राष्ट्रपतिको जीवन संघर्ष : दुई छोरा र श्रीमानको छोटो अन्तरालमा निधन भएको थियो !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७९ शुक्रवार • १०:३९:१८ बजे
  • 706
    SHARES
  • नवनिर्वाचित भारतीय राष्ट्रपतिको जीवन संघर्ष : दुई छोरा र श्रीमानको छोटो अन्तरालमा निधन भएको थियो !

    भारतकी १५ औं राष्ट्रपतिका रुपमा चुनिएकी द्रौपदी मुर्मूका सन् २०१० पछिका चार वर्ष निक्कै दुःखद रहे । उनले यी ४ वर्षमा परिवारका तीन सदस्य गुमाइन् । सन् २०१० र २०१४ को बीचमा द्रौपदीका दुई छोरा र श्रीमानको मृत्यु भयो ।

    images

    जसमध्ये जेठो छोराको मृत्यु आकस्मिक भएकाले शंकाको हिसाबले हेरिन्छ । उनका जेठा छोरा मृत्युको अघिल्लो रात साथीको घरमा पार्टीमा गएका थिए । राति घर फर्किएर थाकेको छु, डिस्टर्ब नगर्नुस् भन्दै सुतेका थिए । तर बिहान ढोका ढक्ढक्याएपछि खुलेन । धेरै ढडकढकाउँदा पनि ढोका नखुलेपछि पछि बलपूर्वक ढोका खोल्दा उनी मृत भेटिएका थिए ।

    जेठो छोराको मृत्यु भएको दुई वर्षपछि कान्छो छोराको सडक दुर्घटनामा मृत्यु भयो । द्रौपदीका भाउजु शाक्यमुनिले त्यसबेलाको स्मरण गर्दै भनिन् ,‘जेठो छोराको मृत्यु हुँदा ६ महिनासम्म द्रौपदीलाई डिप्रेसन भएको थियो ।

    उनलाई यो समाचार स्वीकार्न निक्कै गाह्रो भएको थियो । त्यसबेला उनले अध्यात्मतिर लागेर दुःख भुल्ने प्रयास गरेकी थिइन् ।’ मुर्मू ब्रह्मकुमारी सेवामा आवद्ध रहेर आध्यात्मिक कार्यमा संलग्न भइन् ।

    कान्छो छोराको मृत्यु हुँदासम्म द्रौपदीको मन निक्कै बलियो भइसकेको उनकी भाउजु सम्झिन्छिन् । ‘जेठो छोराको मृत्युले टुटेकी द्रौपदी कान्छो छोराको मृत्युको खबर दिँदा आफैले फोनमा सम्झाएकी थिइन्– नरोइ घर आउनु ।

    सामान्य समयमा घरमा पाहुना आएजसरी आउनुस् भनेकी थिइन्,’ शाक्यमुनीले भनिन् । सन् २०१४ मा उनका श्रीमान श्याम चरण मुर्मूको पनि निधन भयो । श्याम बैंकर थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology