Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा फुर्वा तामाङ

नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा फुर्वा तामाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • १६:५८:१७ बजे
  • 1.8K
    SHARES
  • नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा फुर्वा तामाङ

    कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोश्रो अधिवेशन तथा चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोश्रो अधिवेशनले अध्यक्ष पदमा फुर्वा तामाङलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

    images

    नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोश्रो अधिवेशन तथा चौथो वार्षिकोत्सव र विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम २२ जुलाई शुक्रवारका दिन कुवेतस्थित खैतानको राजधानी होटलमा सम्पन्न भएको हो । कार्यक्रम ११ बजेदेखि शुरु हुने भनियता पनि दिनको १:३० बजे बाट शुरु भएको थियो ।

    कुवेतको नेपाली समुदायले गर्ने कार्यक्रम तोकिको समय भन्दा प्राय ढिलो गरी शुरु हुने गर्दछ ।

    कार्यक्रममा संस्थाका अध्यक्ष राकेश मनाङ्थेनको सभापतित्व तथा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रनध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायत रहेका थिए ।

    यसैगरी अतिथिमा विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित ब्यक्तित्व रहेका थिए । कार्यक्रम राष्ट्रिय गान तथा स्वागत गीतबाट शुरुवात गरिएको थियो ।

    नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोश्रो अधिवेशन तथा चौथो वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि , विशिष्ट अतिथि , अतिथि लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संचालन सुरेश ग्याबा तामाङले गरेका थिए भने कार्यक्रममा उपस्थिति सबैजनालाई कार्यक्रम संयोजक धर्म लामाले स्वागत मन्तव्य बाट स्वागत गरेका थिए ।

    संस्थाका महासचिव अभिनाश तामाङले वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका कोषाध्यक्षले कोषको बारेमा आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विविध मनोरन्जनात्मक साँस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो । कार्यक्रम स्थलमा दर्शक खचाखच भरिएका थिए । तीन जिल्लाको संयुक्त सस्था भएकोले गर्दा पनि दर्शक खचाखच थिए ।

    कार्यक्रमको प्रायोजन अल मुल्ला एक्सचेन्जले गरेको थियो ।

    नुवाकोट धादिङ रसुवा सेवा समाजको दोश्रो अधिबेशनबाट निर्वाचित कार्यसमिति यसप्रकार छ।


    १) अध्यक्ष फुर्वा तामाङ् रसुवा 
२) बरिस्ठ उपाध्यक्ष छिरिङ् तामाङ् नुवाकोट
 ३) उपाध्यक्ष चन्द्र बहादुर तामाङ् नुवाकोट
 ४) महिला उपाध्यक्ष रिता दिम्दुङ् तामाङ् नुवाकोट
 ५) महा सचिव अविनाश तामाङ् धादिङ्
६) सचिव कार्लो तामाङ् धादिङ्
 ७) सह सचिव रसुवा
 ८) कोषाध्यक्ष रेम लामा तामाङ् धादिङ्
 ९) सह कोषाध्यक्ष लु माया तामाङ् नुवाकोट
 १०) प्रवक्ता सुब्बा फ्युबा तामाङ् धादिङ्
 ११) सह प्रवक्ता पूर्ण तामाङ् नुवाकोट
 १२) मूल कार्यसमिति सदस्य धादिङ्
 १३) मूल कार्यसमिति सदस्य निमा डिकी घले रसुवा
 १४) मूल कार्यसमिति सदस्य रसुवा 
१५) मूल कार्यसमिति सदस्य सुर्जमान तामाङ् नुवाकोट
 १६) मूल कार्यसमिति सदस्य सल माया तामाङ् धादिङ् 
१७) मूल कार्यसमिति सदस्य मन्दिरा लोप्चन तामाङ् नुवाकोट 
१८) मूल कार्यसमिति सदस्य शेर बहादुर तामाङ् नुवाकोट
 १९) मूल कार्यसमिति सदस्य बलसिङ् तामाङ् नुवाकोट
 २०) मूल कार्यसमिति सदस्य केशव सुनार नुवाकोट
 २१) मूल कार्यसमिति सदस्य माया मोक्तान ।

    
सल्लाहकारहरु


    १) प्रमुख सल्लाहकार राकेश मनाङ्थेन धादिङ् 
२) बरिस्ठ सल्लाहकार सितमान तामाङ् नुवाकोट
 ३) बरिस्ठ सल्लाहकार टेक बहादुर तामाङ् नुवाकोट 
४) सल्लाहकार कुल बहादुर तामाङ् धादिङ् 
५) सल्लाहकार सुन बहादुर तामाङ्ग नुवाकोट
 ६) सल्लाहकार सुर्य घ्लान तामाङ् नुवाकोट ।

    
जिल्ला प्रमुखहरु


    १) जिल्ला प्रमुख पेम्पा तितुङ् तामाङ् नुवाकोट
 २) जिल्ला उप प्रमुख लक्ष्मी देवी तामाङ नुवाकोट 
३) जिल्ला प्रमुख गणेश तामाङ् धादिङ्
 ४) जिल्ला उप प्रमुख बलराम तामाङ् धादिङ्
 ५) जिल्ला प्रमुख माया तामाङ् रसुवा
 ६) जिल्ला उप प्रमुख जुन माया तामाङ् ।

    रसुवा
 विभागीय प्रमुखहरु


    १) सांस्कृति बिभाग प्रमुख विश्व पासा तामाङ् नुवाकोट
 २) सांस्कृति बिभाग उप-प्रमुख राहुल तामाङ् रसुवा
 ३) महिला प्रमुख मोटु माया तामाङ् धादिङ्
 ४) महिला उप प्रमुख रेश्मा तामाङ् (ख्रिस्ट) धादिङ्
 ५) खेलकुद बिभाग प्रमुख प्रेम तितुङ् तामाङ् धादिङ्
६) यातायात बिभाग प्रमुख सुवास लोप्चन नुवाकोट 
७) संचार बिभाग प्रमुख नवराज तिमल्सिना नुवाकोट
 ८) यूवा बिभाग प्रमुख धर्म तामाङ् नुवाकोट ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology