Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा कपिलवस्तुका बिशाल कुँवरको निधन 

कुवेतमा कपिलवस्तुका बिशाल कुँवरको निधन 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७९ मंगलवार • ०९:३४:५२ बजे
  • 1.5K
    SHARES
  • कुवेतमा कपिलवस्तुका बिशाल कुँवरको निधन 

    कुवेत -  वैदेशिक रोजगारका लागि कुवेत आएका कपिलवस्तुका  बिशाल कुँवरको निधन भएको छ ।

    images


    कपिलवस्तु, बाणगंगा ०१, पिपराका बिशाल कुँवरको कुवेतमा हृदयघातका कारण निधन भएको हो । राहदानी नं. (०५७१२५५३) का बिशाल कुँवरको ११ जुलाई २०२२ का दिन हृदयघातका कारण निधन भएको हो ।

    कुवेतस्थित नेपाली दूतावास कुवेतलाई १४ जुलाईमा  विशाल कुँवेरको निधन भएको जानकारी प्राप्त भएको थियो । मृतक कुवेतको मामा मावाहेब रेस्टुरेन्ट कार्यरत थिए ।

    सोही  रेस्टुरेन्ट बाट भागेर अवैधानिकरुपमा लुकीछिपी अन्यत्र काम गर्दै आएका थिए ।
    मृतक आमाको नाम टिका कुमारी कुँवर हो ।

    कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार  'मृतकको प्रारम्भिक जानकारी नेपाली दूतावासमा प्राप्त भईसकेको छ। मृतकको पोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको पुष्टि भएको छ । शव स्वदेश पठाउनका लागि कानूनी प्रक्रियाका काम भईरहेको छ' । 

    मृतकको परिवार सम्पर्कमा नआएको हुदा मृतकको परिवारको सम्पर्क नम्बर दूतावासलाई उपलब्ध गराई सहयोग गर्न नेपाली दूतावास कुवेतले आग्रह गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology