Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनका राष्ट्रपतिको करामतः सेना र जनता युद्धको मारमा राष्ट्रपति फोटो सेसनमा

युक्रेनका राष्ट्रपतिको करामतः सेना र जनता युद्धको मारमा राष्ट्रपति फोटो सेसनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७९ बिहिवार • १७:२५:१० बजे
  • 1.0K
    SHARES
  • युक्रेनका राष्ट्रपतिको करामतः सेना र जनता युद्धको मारमा राष्ट्रपति फोटो सेसनमा

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेना जेलेन्स्काले भोग म्यागजिनको कभर स्टोरीको लागि पोज दिएका छन् । पत्रिकामा दम्पतीले आफ्नो झण्डै २ दशक लामो वैवाहिक जीवनबारे छलफल गरेका छन् ।

    images

    उनीहरूले आफ्नो इतिहास सेयर गर्नुका साथै जारी आक्रमणका कारण छुट्टिनु परेको आफ्ना छोराछोरीबिना समय बिताएको विषय उल्लेख छ । राष्ट्रपति र प्रथम महिला दुबैले किभमा भोग टोलीसँग व्यक्तिगत रूपमा अन्तवार्ता दिएका छन् ।

    युक्रेनमाथि रुसी हमला भएको १५० दिनभन्दा बढी कटेको छ । हमलामा हजारौँ मानिसको मृत्यु भएको छ । भोगले श्रीमति जेलेन्स्काको तस्बीरलाई उसको पछिल्लो डिजिटर कभर स्टारको रुपमा समेत पोस्ट गर्दै त्यसलाई ‘साहसको चित्रण’ भनेको छ जहाँ युक्रेनी प्रथम महिला कालो पाइन्ट र सेतो टपमा सजिएर राष्ट्रपतिको कार्यलयभित्र बसेकी छिन ।

    भोगले आफ्नो इन्स्टाग्राम हेन्डलमा सार्वजनिक गरेका अन्य तस्बीरहरूमा उनी सिपाहीहरू र भग्नावशेषमा फोटोको लागि पोजसमेत दिएकी छिन् । ‘युक्रेन युद्ध एउटा महत्वपूर्ण र नयाँ चरणमा प्रवेश गर्दा देशको प्रथम महिला ओलेना जेलेन्स्का एक प्रमुख खेलाडी बनेकी छिन् – एक फ्रन्टलाइन कूटनीतिज्ञ र राष्ट्रको भावनात्मक आवाज ’, भोगले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा भनेको छ ।

    म्यागेजिनसँग कुरा गर्दै जेलेन्स्काले आफ्नो भावी पतिलाई दक्षिणपूर्वी युक्रेनको गृहनगर क्रिभि रिहको हाई स्कुलमा भेटेकी थिइन् । उनीहरू विश्वविद्यालयमा डेटिङ गर्न थाले र एक व्यंग्य समूह गठन गरे । उनको सम्पूर्ण प्रोफाइल अक्टोबरको अंकमा उपलब्ध हुने भोगले जनाएको छ ।

    यसैबीच अभिनेताबाट राष्ट्रपति बनेका जेलेन्सकीको यो गतिविधिको आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसको बिरोध गर्दै गैरजिम्मेवारी भनेका छन् । एक ट्वीटर युजरले जनताप्रति नै बिरोध गर्दै भनेका छन्, जब तपाई अभिनेतालाई राष्ट्रपति चुन्नु हुन्छ भने हुने यस्तै हो ।

    देशमा युद्ध चलिरहेको छ राष्ट्रपतिको प्राथमिकता अन्तै छ ” । उता अमेरीकाका एक नागरिकले भनेका छन्, जब अमेरीकाले ६० बिलियन डलरको सहयोग दिईरहेका छन् तब जेलेन्सकी फोटो सुट गराएर बसिरहेका छन् । रुसले हमला गरेको १५५ दिन पुगिसकेको छ ।

    यस युद्धमा ७ हजार नागरिक र अन्य दशौँ हजार युक्रेनी सेनाको मृत्यु भएको छ भने डोनबास क्षेत्र लगभग रुसको कब्जामा गएको छ । यस युद्धमा रुस तर्फ पनि दशौँ हजार सेनाको मृत्यु भएको छ । युद्ध अझै चलिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology