Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारले एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने

सरकारले एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७९ शनिवार • १२:५७:१४ बजे
  • 934
    SHARES
  • सरकारले एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने

    एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।

    आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ।

    ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूको उपचार गरिने मन्त्रालयले जनाएको छ।

     

  • सम्बन्धित विषय:

  • # निःशुल्क उपचार गर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology