"संसारका मजदुर एक हौँ मजदुर एकता आजको आवस्यकता"
ओमान । नेपाली समाजको तेस्रो राष्ट्रिय सम्मेलन ओमान मस्कट स्थित अजैबा होटल अपार्डमेन मा २०२२जुलाई २९ गते शुक्रबारको दिन ओमानमा कार्यरत मजदुरहरुको उल्लेखनीय उपस्थितिमा भब्यताको साथ सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली दुतावास ओमनका दृितिय सचिव सोमेस थापाको प्रमुख अथिती तथा अन्तराष्टिय नेपाली एकता समाजका सदस्य छबिलाल बस्नेत ,अतिथिहरुमा ओमानका सकृय बैचारिक संगठनका प्रतिनिधीहरु नेपाली जनप्रगतिशिल मञ्च ओमानका अध्यक्ष उमेश विश्वकर्मा, प्रवासी नेपाली मञ्चका सोमकृष्ण श्रेष्ठ,प्रवासी नेपाली एकता मञ्चका लिलानाथ कोइराला, जनसम्पर्क समिति ओमानका अध्यक्ष सालिक चापागाई लगायत जातीय,क्षेत्रिय बिभिन्न सामाजिक संस्था हरुका प्रतिनिधी अथिति रहेको कार्यक्रमको सभा अध्यक्ष मायाँ श्रेष्ठ गौतमले गर्नु भएको थियो ।
कार्यक्रममा देश प्रती आहुती दिने सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण ,राष्ट र राष्ट्राष्ट्रियताको सम्मानमा राष्ट्रियगान संगै सभा अध्यक्ष साथै प्रमुख अथितिबाट दिप प्रजलन गरी अघी बढेको कार्यक्रममा रक्तिम परिवारले स्वागत गित साथै संस्थाको सदस्य मनु सुनारले स्वागत् मन्तब्य साथै कार्यक्रम संचालन महासचिव सालिकराम आचार्यले गर्नु भएको थियो । सम्मेलनका संयोजक आकास नेपालीबाट नब निर्बाचित केन्द्रीय समितीको नामवली घोषणा गर्नु भएको थियो ।

उपस्थित अथितीहरुले बधाई तथा शुभकामना मनतब्य दिएका थिए भने साथमा रक्तिम परिवार ओमनको बिजोड प्रस्तुतीहरुले माहोल तात्नुको साथै अत्यन्तै मनोमोहक बनेको थियो। साथै एकता समाजको बिगत तथा बर्तमानमा गरि रहेको समाजिक कार्य तथा संगठन को बिधि बिधान, कार्य सैलि कार्य निति मन पराई एकता समाज को परिवारमा जोडिन चाहानु भएका नेपाली दाजुभाईहरुलाई संस्थाले सदस्यता बितरण गरेको थियो।
(नव निर्बाचित केन्द्रीय समिति)
सल्लाहकार = भानुभक्त खनाल , मायाँ श्रेष्ठ गौतम , मञ्जु बाँनिया
अध्यक्ष = छबिलाल बस्नेत
प्रमुख उपाध्यक्ष =बिष्णु प्रसाद अर्याल
दृितिय उपाध्यक्ष = सोभाराम पुन
महासचिव = सालिकराम आचार्य
सचिव = टुक बाहादुर रामदाम
सह सचिव = मनु सुनार
कोषाध्यक्ष = दिपक रम्तेल
सह कोषाध्यक्ष = लक्ष्मी रायमाझी

सदस्यहरु = याम प्रसाद पौडेल ,राजु सुनार,भिमलाल गिरी,रमा बराइली,आस्मा गौतम ,आकाश नेपाली , रिता चौधरी, २ रिक्त साथै बैकल्पिक सदस्यहरु = पुनाराम पोख्रेल ,धनु कुवर,कृष्ण पहाडी , चुमन गिरी हुनुहुन्छ ।
साथै रक्तिम कलाकारको अध्यक्षमा:आकाश नेपाली
महिला बिभागमा : रिता चौधरी रहेको छ्न ।
कार्यक्रमको निमान्त्राणलाई स्विकार्दै पाल्नु हुने प्रमुख अथिती , अथितिहरु साथै कार्यक्रममा मनोरञ्जन दिनुहुने कलाकारहरु तथा सम्पूर्ण समर्थक शुभ चिन्तकहरुलाई धन्यवाद दिदै अन्तमा सभा अध्यक्ष बाट कार्यक्रम समापन गरिएको थियो।