Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउदीमा अलपत्र परेका नेपालीको सकुशल उद्धारको लागी साझा मंचले निकाल्यो विज्ञप्ति

साउदीमा अलपत्र परेका नेपालीको सकुशल उद्धारको लागी साझा मंचले निकाल्यो विज्ञप्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • २२:४१:५० बजे
  • 1.5K
    SHARES
  • साउदीमा अलपत्र परेका नेपालीको सकुशल उद्धारको लागी  साझा मंचले निकाल्यो विज्ञप्ति
    अन्जान गुभाजु /कोरोना भाइरस र अन्य कारणले स्वदेश फिर्ताका  लागी  अलपत्र  परेका नेपालीको हक हितको लागि नेपाली साझा मंचले  दुतावास रियाद र बाणिज्य दुतावास जेद्धालाई विज्ञप्ति मार्फत उद्दारको लागि अपिल गरेको छ ।
    विज्ञप्तिमा भनिएको छ

    श्री महामहिम राजदुत ज्यु 
    दुतावास परिवार 
    साउदी अरेबिया


    बिश्व भर फैलिएको कोरोना भाइरस साउदी अरेबियामा  पनि देखा परे  लगतै यस भाइरसबाट  सयौं नेपाली  संक्रमित भएका र मृत्यु भएको अवस्था छ । कोरोनाको असर संगै कतिपय कम्पनी वन्द रहेको र  हजारौं नेपालीले रोजगारी गुमाउने पर्ने अवस्थामा रहेको छ  ।

    कम्पनीको अवस्था हेरी खान वस्न समस्या ,स्वदेश फिर्ताको हवाई टिकट लागी भोग्नु परेको समस्या, कार्यरत  कम्पनीबाट पाउँनु  पर्ने  सेवा सुबिधा  वञ्चित ,स्वास्थ्य सुबिधा प्रती नेपालीलाई  परेको समस्या आदी बिबिध कुराहरुमा  नेपालीले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै  नेपाली साझा मंच समन्वय समिति साउदी अरेबियाको पूर्ण रुपमा ध्यानाकर्षण भएको जानकारी गर्दछौ। 

    कोरोनाको महामारी संगै अरेबिया अन्य कारणले  समयमा  स्वदेश फिर्ता  हुन नपाउँदा  नेपालीलाई परेको असर र भोगेका  पिडालाई राजदुतावास रियाद र बाणिज्य दुतावास जेद्धाले आवश्यकता  हेरी तत्काल कुटनैतिक पहल  वा  नेपाल सरकार संग समन्वय गरि नियमित उडानको व्यवस्था  गरि अलपत्र परेका  नेपालीलाई स्वदेश फिर्ता हुने वातावरण तयार पार्न  हार्दिक अनुरोध गर्दछौ र यस अभियानमा साउदीमा रहेका  भातृसंगठन, एन आर एन लगायत सम्पुर्ण सामाजीक संस्थाहरूलाई  हार्दिक अनुरोध  समेत गर्दछौ ।


    संयोजक  बिष्णु घिमिरेका अनुसार यो महामारीको अवस्थामा व्यक्ती, विशेष , एकदल,नभई साउदीमा कार्यरत  सम्पूर्ण नेपालीको समस्या रहेकोले यस्तो अवस्थामा स्वदेश फिर्ताको लागी सम्पुर्ण नेपालीले आफ्नो क्षेत्रबाट सकेको सहयोग गरिदिन आग्रह  समेत गरेका छन ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology