Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

छुट्टाछुट्टै स्थानमा डुबेर ५ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा डुबेर ५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७९ मंगलवार • १३:४०:५१ बजे
  • 604
    SHARES
  • छुट्टाछुट्टै स्थानमा डुबेर ५ जनाको मृत्यु

    दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा काठमाडौं महाराजगन्ज घर भएकी १७ वर्षीया सुनिता बुढा मगर रहेकी छन् । उनको सोमबार मृत्यु भएको हो । खोला तर्ने क्रममा बगाउँदा उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको खोजी गरेको थियो । सोही क्रममा घोराही उपमहानगरपालिका–१९ स्थित कटुवा खोलाको किनारमा उनको शव फेला पारेको हो ।

    मोरङको विराटनगर महानगरपालिका-१९ स्थित ऋषिवन पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका आमबारी घर भएका ३० वर्षीय फुलसरा ऋषिदेवको सोमबार मृत्यु भएको छ ।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडी सुर्नाया गाउँपालिका–५ घर भएकी १८ वर्षीया जानकी मडैको सोमबार मृत्यु भएको छ ।

    उदयपुरको त्रियुगा नगरपालिका-७ कुबिण्डे बस्ने ५० वर्षीय बौवा चापागाईको सोही ठाउँस्थित त्रियुगा खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ । मुर्कुची बजारबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला परेको हो ।

    धनुषाको हंसपुर नगरपालिका-९ रूदौली बस्ने नरेश प्रसाद साहको छोरा ९ वर्षीय प्रशान्त कुमार साहको आफ्नै घर नजिक पानी जमेको खाल्डोमा डुबेर सोमबार मृत्यु भएको छ ।

    नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # डुबेर ५ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology