Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उदयपुरका दुर्गा बहादुर खड्का कुवेत आएको दुई दिनमा सम्पर्कविहीन 

उदयपुरका दुर्गा बहादुर खड्का कुवेत आएको दुई दिनमा सम्पर्कविहीन 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • २१:२२:२१ बजे
  • 1.1K
    SHARES
  • उदयपुरका दुर्गा बहादुर खड्का कुवेत आएको दुई दिनमा सम्पर्कविहीन 

    बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्कविहीन भएका छन  ।

    images

    पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत  आएको दोस्रो दिनमा  २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८ अप्रिलबाट  उनी सम्पर्क बिहिन भएको सितल ठाकुरले  जानकारी दिएका छन । खड्काले ३ महिना बित्दा समेत  पनि परिवार, ईस्टमित्र  आफन्त कसैलाई पनि  सम्पर्क गरेका छैनन् ।

    दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएको र खोजीको लागि दुतावासलाई जानकारी आए देखि निरन्तर पहल गरेको  भए पनि उनको बारेमा अहिलसम्म केहि खुल्न नसकेको नेपाली दुतावास कुवेतले जनाएको छ । 


    गत अप्रिलमा रोयल ओभरसिज मार्फत कुवेत आएका दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएपछी परिवार चिन्तामा परेका छन ।

     खड्कालाई सम्पर्कमा आउँन आग्रह गर्दै कुवेतमा कार्यरत दाजुभाई दीदीबहिनीहरुले कहिँ कतै  देखेमा वा उनको अबस्थाको बारेमा जानकारी भएमा कुवेतमा शितल ठाकुर-६९०३६४०९ र  नेपालमा गुरु बहादुर खड्का ९८१५०५३००८ र सुबास खड्का ९८५१०९११९ सम्पर्क गरिदिनु हुन् शितल ठाकुरले आग्रह गरेका छन आखिर के कारण उनी सम्पर्क बिहिन भए ३ महिना बित्दा समेत अझै केहि खुल्न सकेको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology