Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कम्युनिष्ट इतिहासको सेरोफेरो समेटिएको पुस्तक लोकापर्ण

कम्युनिष्ट इतिहासको सेरोफेरो समेटिएको पुस्तक लोकापर्ण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १०:१३:३९ बजे
  • 1.0K
    SHARES
  • कम्युनिष्ट इतिहासको सेरोफेरो समेटिएको पुस्तक लोकापर्ण

    नेपालको कम्युनिष्ट इतिहासको सेरोफेरोमा रहेर लेखिएको पुस्तक ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकतादेखि विभाजनसम्म’ डा ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक काठमाडौंमा लोकापर्ण भयो ।

    images

    नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा लोकार्पण भयो । उक्त पुस्तक माथि समिक्षकद्वय डा बेदुराम भुषाल र प्रा.डा इन्दु आचार्यले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो ।

    किताव माथी समिक्षा गर्दै प्रा.डा आचार्यले पुस्तकमा समावेश दस्तावेजको हिसावले सारै उपयोगी र पठन योग्य रहेको बताउनु भयो । यसै गरी डा. भूसालले एकताका सन्दर्भ, एकता पछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि भएका दस्तावेज पुस्तकमा सङ्ग्रह गरिनु नै महत्वपूर्ण रहेको बताउनु भयो ।

    लेखक डा. सापकोटाले आपूmले पुस्तकमा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिंदै दस्तावेज संलग्न गर्दा परेको कठिनाई बारेमा बताउनु भयो ।

    शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सञ्चालीत कार्यक्रममा इतिहास र राजनैतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

    २८ वटा परिशिष्टसहित ४६८ पेज रहेको पुस्तकको मूल्य ६२५/– राखिएको छ । यस पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

  • सम्बन्धित विषय:

  • # कम्युनिष्ट इतिहास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology