Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेलिना राईले चार महिनामै तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इंगेजमेन्ट

मेलिना राईले चार महिनामै तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इंगेजमेन्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • ११:३८:०४ बजे
  • 946
    SHARES
  • मेलिना राईले चार महिनामै तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इंगेजमेन्ट

    गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इंगेजमेन्ट तोडेकी छन्। सामाजिक सञ्जालमार्फत् उनले इंगजमेन्ट तोडिएको बताएकी छन्।

    images

    'केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत् घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो।

    एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोँचसहित त्यो निर्णय गरिएको थियो,' उनले भनेकी छन्, 'समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो।

    हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो वीचारमा मेल खान सकेन। धेरै समीक्षा, आत्मासमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।' उनले इंगेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी नहुने स्पष्ट पारेकी छन्।

    'सबै इंगेजमेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ। त्यसैले आजकै मितिबाट हामीबीचको इंगेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत् सार्वजानिक गर्दछु,' उनले भनेकी छन्।

    उनले शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमा मागेकी छन्। भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता उनको छ।

    नेपाली सांगीति क्षेत्रमा चर्चा कमाएकी मेलिनाले गत वैशाख २ गते बराइलीसँग इंगेजमेन्ट गरेकी थिइन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology