गैरआवासीय नेपाली संघ कुवेत र मेडेस्क मेडिकल केयर (MedX Medical Care) कुवेतको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कुवेतको फाहहिल स्थित मेडेक्स मेडिकल केयरमा गत शुक्रवार अर्थात ५ अगष्टका दिन कुवेतमा कार्यरत नेपाली श्रमिकको लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त दिनको निशुल्क स्वास्थ्य शिविरबाट एक सय भन्दा बढी नेपाली श्रमिकहरुले स्वास्थ्य लाभ लिएका छन।
नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारिको प्रमुख आतिथ्यता एवं एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाको सभापतित्व रहेको थियो । महासचिब दिल कुमार पाख्रीनले कार्यक्रम सञ्चालन गरेका थिए । एनआरएनए केन्द्रीय मध्यपुर्व उप - संयोजक अमित राई, मेडेक्स मेडिक केयरको तर्फबाट मेडेक्सकि सचिव जेन्सी, संरक्षक राजेन्द्र तामाङ र प्रमुख अतिथि महामहिम राजदूतले शुभकामना मन्तव्य राख्नु भएको थियो । मेडेक्स मेडिकल केयरका मालिक मोहम्मद अलिले एनआरएनए कुवेत र राजदूत दुर्गाप्रसाद भण्डारी लाई मोमेन्टो हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।
त्यसैगरी मन्तव्य राख्ने क्रममा अध्यक्ष लामाले पछिल्लो समय नेपाली कामदारहरुको मृत्युदर बढेको बताएका छन। उनले आफू भित्र के समस्या छ भन्ने हामिले नजान्ने र सामान्य समस्यालाई वास्ता नगर्ने हाम्रो बानिका कारण धेरैले अकालमै ज्यान गुमाइरहेको कारण बेला बेला हामिले आफ्नो स्वास्थ्य परिक्षण गराइरहनुपर्ने सुझाव दिएका छन ।
उनले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुको उदेश्य नै कार्यक्रमको दिन धेरै मान्छे बटुलेर भिंड्भाँड देखाउनु भन्दा पनि कसरी मान्छेलाइ बढी हेल्थ अवारनेस गराउन सकिन्छ भन्नेतिर फोकस भएको बताए। “हाम्रो कार्यक्रम गर्नुको उदेश्य, एकदिनमा धेरैको स्वास्थ्य चेकजाँच गराउनु भन्दा पनि समाजमा हामिले आफ्नो स्वास्थ्य बेला बेला चेकजाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो।” उनले भने।