Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली मञ्च कुवेतले १२ अगष्टमा तेश्रो अधिवेशन गर्दै , अधिवेशनको सम्पूर्ण तयारी पूरा 

प्रवासी नेपाली मञ्च कुवेतले १२ अगष्टमा तेश्रो अधिवेशन गर्दै , अधिवेशनको सम्पूर्ण तयारी पूरा 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • २०:५८:५९ बजे
  • 1.1K
    SHARES
  • प्रवासी नेपाली मञ्च कुवेतले १२ अगष्टमा तेश्रो अधिवेशन गर्दै , अधिवेशनको सम्पूर्ण तयारी पूरा 

    नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले यहि अगष्ट १२ मा अधिवेशन गर्ने भएको छ । 

    images

    प्रवासी नेपाली मञ्च कुवेतको भौतिक उपस्थिति तथा अनलाइन भर्चुअल माध्यमबाट तेश्रो अधिवेशन कुवेतको फरवानिया स्थित सेफ नौसाद रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गर्न लागिएको अध्यक्ष राजु थापाले जानकारी दिएका छन ।


    प्रवासी नेपाली मंच कुवेतको तेश्रो अधिवेशनमा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, प्रवास विभाग प्रमुख डा. राजन भट्टराइको विशिष्ट आतिथ्यता एवं प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय विभागका पदाधिकारीहरूको विशेष आतिथ्यता रहने अध्यक्ष थापाले बताए ।

    प्रवासी नेपाली मंच कुवेत सन २०१२ मा कुवेतमा गठन भएको हो । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मंच कुवेतले स्थापनाकाल देखि बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ भने प्रवासबाट पार्टीलाइ सक्दो आर्थिक सहयोग गर्दै आएको छ । साथै संगठन विस्तारको कार्यलाइ महत्व दिएर समय समयमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।

    कुवेतमा रहेको नेपाली दूतावास लगायत कृयाशिल संघ संस्थाहरू तथा पत्रकारहरूलाइ पत्राचार गरि सकिएको जनाउँदै यदि निमन्त्रणापत्र प्राप्त नभए पनि यसै समाचारलाइ आधार मानी अधिवेशन कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सफल पार्न कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ प्रवासी नेपाली मञ्च कुवेतले अनुरोध गरेको छ ।

    अधिवेशन कार्यक्रमको विवरण
    कार्यक्रमः प्रवासी नेपाली मञ्च कुवेतको तेश्रो अधिवेशन ।
    स्थानः सेफ नौसाद रेष्टरेन्टको सभाकक्ष, फरवानिया, अलघानिमको माथिल्लो तला ।
    मितिः १२ अगष्ट २०२२ शुक्रबार ।
    समयः दिनको १ बजेदेखि ।
    विस्तृत जानकारीको लागि सम्पर्क
    राजु थापा - ६६१९६५०५

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology